शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • के नेपाललाई हिन्दुराष्ट्र बनाउँनु सहि हुनेछ?

के नेपाललाई हिन्दुराष्ट्र बनाउँनु सहि हुनेछ?

  • शुक्रबार, अशोज १५, २०७८
के नेपाललाई हिन्दुराष्ट्र बनाउँनु सहि हुनेछ?

सुरेशकुमार पान्डे — शंकराचार्यले भनेकाछन नेपालमा हिन्दुराष्ट्र बन्नुपर्छ।त्यो मात्रै होईन जँहा मूस्लिम र ईसाई बहुल्य राष्ट्रछन त्यो देशहरुमा हिंदुहरुको उत्पिडन बढेकोछ।तिनि हिन्दुहरुलाई भारत नेपाल र भुटानमा समायोजीत गर्नुपर्छ वा सरण दिनुपर्छ।
अहिले छिमेकमा बिजेपीको सरकारछ उनिहरुले भारतलाई हिंदुधर्म लागु गर्ने कुरा गर्दैनन।बरु भारत लाई धर्म निरपक्ष हुँनुपर्छ भन्छन।तर नेपाललाई हिंदुराष्ट्र घोषित गर्न प्रेरित गर्दछन।आखिर किन?सिधा र सरल उपाएछ।नेपाललाई सदैभरी आफ्नो अधिनस्त राख्ने र भैदोहन गर्दै रहने पछि मौका मिलेपछि नेपाललाई सिक्किम बनाउँने।
उन्ले भन्छन “नेपालमा ८१प्रतिसत हिन्दुछन।”र कम्तिमा पचास देश मा मूश्लिमहरुको बहुल्यछ र त्यँहा भ एका हिंदुहरुमाथि धेरै उत्पिडन बढेकोछ।नेपाललाई पुनःहिन्दु धर्माब्लि घोषित गराउँने र तिन देशहरुलाई भारत नेपाल र भुटानलाई हिन्दु राष्ट्रको मान्यता दिने भनेर माग गरेकाछन।उन्ले आफ्नो देशलाई हिन्दु राष्ट्र घोषित गर्ने माग राख्नुलाई त हामिले केहि भन्ने कुरा पनि भएन त्यो उन्को आन्तरिक मामिलाहो। हाम्रो सरोकारको बिषयपनि होईन।तर नेपाललाई उन्ले किन भने?यो खांटिको कुराहो यसमा हामिले आफ्नो टाउको दुखाउँनै पर्छ।
अहिले लगातार राजधानि लगाएतका कयौं ठाउँहरुमा हिन्दु धर्मको पक्षमा नारा जुलुसहरु गरेकाछन।उनिहरुले विस्व हिन्दुपरिषदले भनेअनुसार नै त्यसो गरेका हुनसक्छन।यसमा पूर्व राजा समेतको सहयोग हुन सक्छ।
देश कयौं बर्ष सम्म एक मात्र हिंदुराष्ट भनेर त्यहि मान्यतानुसार रहे पनि अहिले २०७२को सम्बिधानले देशलाई थर्म निरपक्षिय घोषणा गरिसकेपछि यस्तो बखेडा नझिक्नु पर्ने।नेपालमा बुद्ध धार्मिकहरु पनि धेरै संख्यामाछन।वास्तबिक रुपमा भन्नुपर्दा नेपालमा ईसाईहरुको प्रचार बिगतका दिनमा स्वयम ओलिको पहिलेको कार्यकालमा त्यो दुशसहास गरियो।जँहा सम्म मूश्लिम समुदायहरु पनि बिस्तारै बाक्लो रुपमा प्रवेश भयको कुरा कसैबाट लुकेकोछैन र मैल त्यो भन्नुपर्दैन।
आफुलाई कम्युनिष्ट भन्नेहरुले बारमबार जातिय र क्षत्रीय मुद्धा उठाउँनाले गर्दा देश सात प्रदेशमा बिभाजन गरियो।अनि अहिले हिंदुधरर्मको वाकालत गर्दैछन।देशमा हिन्दु राज्य ल्याउँछौ पनि भन्दै र पुजा गर्दै मन्दिरहरू मा प्रवेश गर्नथालेका पनि आफुलाई कम्युनिष्टनै भन्छन।
हिंजो जस्ले गरु काटेर खायो उनिहरुले गाईको मुत्रलाई शुद्ध भनेर पिउँनै र हिंजो गाई काट्न खानेहरु आज चोखा भयकाछन। मन्दिर भत्काउँने हरुले मन्द्रि बनाउँन थालेकाछन।
यस्तो अबस्थामा देशमा कसरी बिकास हुन्थ्यो।देशमा रूपियाको लोभ र दलितहरु जो कथित माथिल्ला जातिको बिभेद बाट बच्नलाई त्यो ईसाई धर्मको प्रचारमा ब्यपक बृद्धि भयकोछ।यसैलाई ईसु बनाएर समय समयमा हिन्दु राज्यको माग गर्ने र आन्दोलन समेत गर्ने गरेकाछन।हिन्दु धर्माबल्मिहरुलाई प्रचुरमात्रामा फाईदा यसको पनि मिलेकोछ।देशलाई प्रतिगमन तर्फ डोराउन यो शड्यान्त्र गरिएकोछ।
हामि नेपालीहरुको बुद्धि पनि अलि पछि आएको हुन्छ।हिंजो हामिले हिन्दु धर्मले दलित जनजातिहरुलाई पिडा दियो।यो देशमा बिभिन्न जाति र धर्मिकहरु बसेकाछन यँहा धर्मनिर्पक्षयता हुनुपर्छ।देशलाई एउटा धर्मको गुलाम बनाउँनु हुदैन सर्वजात सर्व भाषा र सर्वधर्मको वाकालत गर्नेहरु आफैले पनि धर्मनिरपक्षियताको बिरोध गर्नु हास्यासपदनै हो।हिंजो राजा फाल्न त्यो जमातले हाज राजा आउ भन्नै सक्दैनन्।बरु देशमा बिदेशीहरुको चलखेल बढेर गयपछि उनिहरुकै ईसारामा देशभित्र हिन्दु धर्मको माग गर्दै नारा र जुलुस गर्छन।देशमा धर्मनिरपक्षता हुनुपर्छ।जब सबै धर्म र जातको सम्मान गर्ने प्रयात्न भयकोछ त्यो बेला एसरी एउटा धर्मलाई लाध्ने खालको बिचार ओर्लयाउँनु लाई सहि भन्न सकिदैन।बरू देशमा धर्म निरपक्षियलाई सम्मान गर्ने र सर्वधर्मलाई जोगेर्ना गर्ने गर्नुपर्दछ।संघियतालाई फालेर देशको बिकासमा एकमना एकता गरेर जानुपर्छ।

चर्चामा

सम्बन्धित समाचार