शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • समाचार
  • उपमेयर चढ्ने गाडीको ठक्करबाट २ जना घाइते

उपमेयर चढ्ने गाडीको ठक्करबाट २ जना घाइते

  • शुक्रबार, अशोज १५, २०७८
उपमेयर चढ्ने गाडीको ठक्करबाट २ जना घाइते

रुपन्देहीको सैनामैना नगरपालिकाकी उपमेयर बिना मगर चढ्ने स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् ।

बुटवलतर्फ आउँदै गरेको लु १५ प ६८४४ नम्बरको मोटरसाइकललाई लु १ झ ३९३ नम्बरको स्कारपियोले आज बिहान सैनामैना नगपालिका–५ बुद्ध नगरमा ठक्कर दिएको थियो । उपमेयर चढ्ने गाडी कार्यालय जाने क्रममा मोटरसाइकललाई ठक्कर दिएको हो। उक्त गाडी उपमेयर चढ्ने भएपनि उपमेयर मगर भने सवार रहेकी थिइनन् ।

दुर्घटनाबाट मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका–२का७० वर्षीय बालकृष्ण गौतम र उनकी श्रीमती ६० वर्षीया लक्ष्मी गौतम घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रमुख योगेन्द्रसिंह थापाले बताए । घाइते दुबैको अवस्था सामान्य र उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।
यसैबीच रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२ मा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । लु.७१ प ५६३४ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय संगिता गाहा मगरकी छोरी २ वर्षीया पृषिका गाहा मगरको गएराति मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको क्रिमसन अस्पताल मणिग्राम हुँदै पुरानो मेडिकल कलेज भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार