बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • नेता थापाले गरे बाजुराका खेलाडीलाई १ लाख सहयोग

नेता थापाले गरे बाजुराका खेलाडीलाई १ लाख सहयोग

  • शुक्रबार, अशोज १५, २०७८
नेता थापाले गरे बाजुराका खेलाडीलाई १ लाख सहयोग

बाजुरा — नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष तथा पूर्व उद्योगमन्त्री कणर्बहादुर थापाले गृह जिल्लाका खेलाडीहरुको काठमाण्डाैँको खर्च व्यवस्थापनका लागि १ लाख रकम सहयोग गरेका छन् ।

बाजुरा जस्तो विकट जिल्लाबाट ‘सि’ डिभिजन छनोट प्रतियोगितामा भाग लिनका लागि पहिलोपटक काठमाण्डौंमा पुगेको रानिवन स्पोर्ट्स क्लवको खर्च व्यवस्थापनका लागि खेलप्रेमी नेता थापाले एक लाख सहयोग गरेको क्लवका अध्यक्ष धुर्वबहादुर रोकायाले बताएका छन् । नेता थापाले यस अघि पनि रानिबन क्लवलाइ २ लाख सहयाेग गरेका थिए । याे संगै नेता थापाले साे क्लवलाइ ३ लाख सहयाेग गरिसकेका छन ।

बाजुराको रानिवन स्पोर्टस् क्लब अहिले एन्फाद्वारा आयोजित ‘सि’ डिभिजन छनोट प्रतियोगितामा सहभागि भई खेल खेलिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार