बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • कैलालीमा ट्याक्टरबाट खसेर युवकको मृत्यु

कैलालीमा ट्याक्टरबाट खसेर युवकको मृत्यु

  • बुधबार, अशोज १३, २०७८
कैलालीमा ट्याक्टरबाट खसेर युवकको मृत्यु

कैलाली — कैलालीमा ट्याक्टरबाट खसेर युवकको मृत्यु भएको छ। बुधबार गौरीगंगा नगरपालिका–४ राजीपुरबाट बालुवा गाडातर्फ गइरहेको से२त ७१ नम्बरको ट्याक्टरबाट खसेर घाइते भएका सोही ठाउँका १५ वर्षीय आशिष चौधरीको मृत्यु भएको हो।

राजीपुरका ४२ वर्षीय कर्णबहादुर खत्रीले चलाएको उक्त ट्याक्टरबाट खसेर घाइते भएका चौधरीको धनगढीको निर्सग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीले ट्याक्टर चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ।

चर्चामा

सम्बन्धित समाचार