शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विचित्र संसार
  • संसारकै खतरनाक आदिवासी, जसको छ मान्छे मार्ने सोख

संसारकै खतरनाक आदिवासी, जसको छ मान्छे मार्ने सोख

  • बुधबार, अशोज १३, २०७८
संसारकै खतरनाक आदिवासी, जसको छ मान्छे मार्ने सोख

संसारमा कैयन् रहस्यमय आदिवासी जनजातिहरू बस्दछन् । ती आदिवासीहरु आफ्नो परम्परा, रहनसहन तथा खानपानका कारण चर्चित छन् । कतिपय आदिवासीहरु अझैपनि जंगलमै बस्दछन् अनि हजारौँ वर्ष पूरानो परम्पराको पालना गरिरहेका छन् । जंगलमा राज गर्ने आदिवासीहरू मध्ये कतिपय निकै खतरनाक पनि हुन्छन् । इथियोपियामा बस्ने मुर्सी आदिवासी समुदाय पनि यस्तै खतरनाक आदिवासी समुदाय हो ।

मुर्सी आदिवासी समुदायले कुनै मानिसको हत्या गर्नुलाई आफ्नो पुरुषार्थको प्रतिक ठान्दछ । दक्षिण इथियोपियामा सुडानको सीमाक्षेत्रस्थित ओमान उपत्यकामा बस्ने यो आदिवासी समुदायका मानिसहरुसँग यस्ता हतियार हुन्छन् जसबाट उनीहरु जुनसुकै समयमा पनि कसैको हत्या गर्न सक्दछन् । त्यसैले यो आदिवासी समुदायलाई सबैभन्दा खतरनाक मानिन्छ ।

मुर्सी आदिवासी आफ्नो अनौठो रितिरिवाजका लागि संसारमा प्रसिद्ध छ । यो आदिवासी समुदायका महिलाहरुले तल्लो ओँठमा काटेर काठ तथा फलामका ठूला-ठूला गोलाहरु पहिरिएका हुन्छन् । यस्तो गहना लगाउनाले महिलाको सुन्दरता कम हुन्छ, उनीहरु कम आकर्षक देखिन्छन् र खराब नजरबाट बँचिन्छ भन्ने जनविश्वास उक्त समुदायमा छ ।

यो समुदायको जनसंख्या झण्डै १० हजार छ । यो आदिवासीको मान्यता नै हुन्छ कि कुनै व्यक्तिलाई नमारेसम्म आफू बाँच्नुको कुनै अर्थ हुँदैन । त्यस्तो असक्षम हुनु भन्दा त आफैं मर्नु ठीक । त्यसैले यो समुदायका मानिसहरुले अहिलेसम्म सयौं मानिसहरु मारिसकेका छन् । अनुमतिविना आफ्नो उपत्यकामा छिर्ने जोकोहीलाई पनि उनीहरु मारिदिन्छन् ।

यो आदिवासी समुदायको हिंस्रक व्यवहारकै कारण इथियोपिया सरकारले उक्त समुदायसँग सम्पर्क तथा सम्बन्ध कायम गर्नका लागि रोक लगाएको छ । यदि कुनै विदेशी सरकारी पाहुना इथियोपिया आएको बेला मुर्सी आदिवासीलाई हेर्न चाहेको खण्डमा सरकारले हतियारबद्ध सुरक्षासहित उक्त आदिवासी क्षेत्रमा भ्रमण गराउँदछ ता कि विदेशी पाहुनामाथि आक्रमण नहोस् ।

एजेन्सी

चर्चामा

सम्बन्धित समाचार