शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • विद्यालयबाट फर्कंदै गर्दा खोलाले बगाएर बालिकाको मृत्यु

विद्यालयबाट फर्कंदै गर्दा खोलाले बगाएर बालिकाको मृत्यु

  • मङ्लबार, अशोज १२, २०७८
विद्यालयबाट फर्कंदै गर्दा खोलाले बगाएर बालिकाको मृत्यु

इलामको फाकफोकथुम र देउमाई बीचको मैदाने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।

देउमाई-१ चमैता मामली घरमा बसेर पढ्दै आएकी नौ वर्षीया सागरिका राईको मृत्यु भएको हो। फाकफोकथुम गाउँपालिका– ६ स्थित फलाँटे माविमा कक्षा ४ मा अध्ययनरत राई सोमबार विद्यालयबाट फर्कंदै गर्दा खोलाले बगाएको थियो।

भाइबहिनीलाई खोलाबाट तारेर आफू पनि तर्ने क्रममा बढेर आएको खोलाले राईलाई बगाएर बेपत्ता बनाएपछि खोजतलास गर्दा ढुंगामा च्यापिएको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनको शव आज पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ। रासस

चर्चामा

सम्बन्धित समाचार