शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • नेपाली कांग्रेस नेत्री तिमिल्सेनाद्धारा महाधिबेसन प्रतिधिमा उम्मेद्धारी

नेपाली कांग्रेस नेत्री तिमिल्सेनाद्धारा महाधिबेसन प्रतिधिमा उम्मेद्धारी

  • मङ्लबार, अशोज १२, २०७८
नेपाली कांग्रेस नेत्री तिमिल्सेनाद्धारा महाधिबेसन प्रतिधिमा उम्मेद्धारी

बाजुरा — नेपाली कांग्रेसकी नेत्री बिद्या तिमिल्सेनाद्धारा बाजुराबाट महाधिबेसन केन्द्रिय प्रतिनिधिमा उम्मेद्धारी रहने बताएकी छन् । बाजुरा जिल्लाको सबै भन्दा दुर्गम हिमाली गाउँपालिकाबाट राजनैतिक जिबन सुरु गरेकी नेत्री तिमिलसेनाले काँग्रेस बलियो बनाउन बिभिन्न काल खण्डमा योग्दान दिदै आएकी छन ।
२०५६ सालबाट नेपाल बिद्यार्थी सघंको क्रियाशिल सदस्यबाट राजनैतिक जिवन सुरु गरेकी तिमिल्सेना २०६५ सालमा पि.के क्पाम्पस काठमाण्डौ नेपाल बिद्यार्थी संघको उपसभाति भएकी थिईन । बिद्यार्थी कालको राजनैतिक दौरानमा ०६५ सालमै नेपाल साँस्कृतिक संघ केन्द्रिय सदस्यको जिम्मेवारी पाएको उनले बताईन ।
तिमिल्सेना २०६४ सालमा नेपाल बिद्यार्थी सघ बाजुरा काठमाण्डौ सम्पर्क समितिको कोषध्यक्ष समेत बनेकी थिईन । भने पार्टीको बाह्रौ महाधिबेशनमा महाधिबेशन प्रतिनिधि समेत बनेकी थिईन ।
त्यसै गरी २०७४ सालको प्रतिनिधि सभाको निर्बाचनमा नेपाली काँग्रेशको बाजुरा जिल्लाबाट समानुपातिक सदस्यको उम्मेद्धार, नेपाली कांग्रेस केन्द्रिय जनसम्पर्क समन्वय बिभाग सदस्य भएर काम गरी सकेको छ । हाल नेपाली कांग्रेस बाजुरा जिल्ला कार्यसमितिको आमन्त्रित सदस्यको जिम्मेबारी समेत रहेको छ ।
समाज रुपान्तरण गर्न र राजनीतिकमा भएको फोहोरी खेलको अन्त्य गरि निष्ठा इमानदारी पूर्वक समानुपातिक एवम् समाबेशी बैज्ञानिक समाज निर्माण गर्दै महिला बालबालिका माथि हुने हिंसा बिरुद्ध आवाज उठाउने र घरेलु हिंसा नियन्त्रण गर्ने अन्यायमा परेका आम नागरिकहरुको लागि आवाज केन्द्रिसम्म पुगाउन आफ्नो १४ औँ महाधिबेशनमा महाधिबेसन प्रतिनिधिमा उम्मेद्धारी रहेको उनले बताईन ।
देशकै पुछारमा रहेको बाजुरा जिल्लाका महिलाहरुले पनि अवसर पाए केन्द्रसम्मको नृत्रीत्व पनि सम्माल्न सक्ने क्षेमता राख्ने गरि आफ्नो उम्मेद्धारी रहने उनले बताईन । दुर्गममा हुने अशिक्षा,बाल बिबाह, बौहु बिवाहा र बलत्कारका घटनालाई न्यूनिकरण गर्ने आफ्नो केन्द्रसम्म बिशेष पहल हुने गरी उम्मेदारी रहने उनले बताईन ।
राजनैतिक कुनै पेशा नभएर सेवाको भाबमा बुझेर बाल्यकाल देखि नै राजनितिलाई सेवा भावको केन्दमा राखेर आएको र आगामी यात्रा पनि रानिति नै भएकोले यो पटक महाधिबेसन प्रतिनिधि भएर पार्टी र जनताको सेवा गर्ने अवसर सबैले दिनेमा बिश्वस्त रहेको समेत बताएकी छन् ।
छुवाछूतको अन्ते जात धर्म पेसा क्षेत्र लिङ्ग अपाङ्गता को संरक्षण गर्ने ।दुखी गरिव अशाय अपाङ्ग टुहुरा बालबालिकालाई सहयोग गर्ने  बताएकी छन।

चर्चामा

सम्बन्धित समाचार