बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेपाली काँग्रेस बडिमालिका नगरपालिका सभापतिमा कार्की सर्वसम्मत चयन

नेपाली काँग्रेस बडिमालिका नगरपालिका सभापतिमा कार्की सर्वसम्मत चयन

  • मङ्लबार, अशोज १२, २०७८
नेपाली काँग्रेस बडिमालिका नगरपालिका सभापतिमा कार्की सर्वसम्मत चयन

बाजुरा — नेपाली काँग्रेसको १४ औं महाधिवेशन तथा ७ औं जिल्ला अधिवेशनको लागि  हाेमिएकाे काग्रेसले जिल्लाका सबै स्थानिय तहका अधिबेशन टुङ्याएकाे छ । जसमा सबै भन्दा अन्तीम सम्म सहमतीकाे लागि लागेकाे बडिमालिका नगरपालिकाकाे पनि नगर कार्य समिति सबै टुङ्याएकाे छ । बडिमालिका नगरपालिकाकाे नगर सभापतीमा गाेपाल कार्की सर्ब सम्बत  भएका छन ।

कार्कीको नेतृत्वमा  पालिका कार्य समिति पदाधिकारीलाई सर्वसम्मत  गरिएको मतदान अधिकृतले जानकारी दिएका छन् । मतदान अधिकृतका अनुसार घाेषणा गर्न मात्रै बाकी रहेकाे सबै टुङ्गीसकेकाे बताएका छन ।

कार्की २०५५ साल अघि देखी नै बिद्यार्थी इकाइ संगठनमा काम गर्दै आएका थिए । २०५५ सालमा नेपाल बिद्यार्थी संघ जिल्ला अधिवेशन प्रतिनिधि भएका थिए । नेपाली काँग्रेस जुगाडा गाउँ कार्य समितिमाको ११ औँ गाउँ अधिवेशन जुगाडा कार्यसमिति सदस्य बनेका थिए ।

१२ औँ महाधिवेशन तथा गाउँ कार्य अधिवेशनबाट जुगाडा गाउँ कार्यसमिति सचिवमा निर्वाचित भएर काम गरेका थिए । १३ औँ महाधिवेशन तथा नेपाली काँग्रेस बडिमालिका नगरपालिका बाट जिल्ला अधिवेशन प्रतिनिधि छनोट भएका थिए । कार्कीले नेपाली काँग्रेस पहिलो नगर अधिबेशनमा सहमति सहकार्यका लागि नगर सचिव पद त्याग गरेर अर्कोलाई समर्थन गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार