शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • फुटबल
  • तेस्रो छेडेदह कप फुटवल प्रतियोगिता कार्तिक १ गते बाट हुने

तेस्रो छेडेदह कप फुटवल प्रतियोगिता कार्तिक १ गते बाट हुने

  • मङ्लबार, अशोज १२, २०७८
तेस्रो छेडेदह कप फुटवल प्रतियोगिता कार्तिक १ गते बाट हुने

बाजुरा — बाजुरा जिल्लाको छेडेदह गाउँपालिकामा तेस्रो छेडेदह फुटवल प्रतियोगिता २०७८ कार्तिक १ गते बाट सुरु हुने भएको छ । सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गर्दै तेस्रो छेडदह कपको सार्बजनिक गरेको हो ।
सर्वाधिक धनराशीको फटवल कप आटीचौरमा रहेको दशरथ माध्यामिक बिद्यालयको खेलमैदानमा १ गते देखि ६ गते सम्म संचालन गरिने पत्रकार सम्मेलन मार्फत आयोजकका खेल संयोजक तथा संरक्षक कृष्ण ओलीले बताएका छन ।
हरेक बर्षको दशै तिहार बिषेश खेल पर्ब खेल क्षेत्रको बिकास र प्रबद्र्धन हाम्रो गर्व भन्ने नाराको साथ सभ्य र भव्य रुपमा फुटवल खेलमा बिदेशी बाहेक नेपालका जुनसुकै ठाउँबाट टिम बनाएर खेल्न पाईने आयोजकले जनाएको छ ।
खेलमा सहभागि हुने टिमहरुले टिम दर्ता असोज ३१ गते साँझ पाँच बजे भित्र गरिसक्नु पर्ने जनाएको छ । टीम दर्ता शुल्क रु १० हजार र धरौटी शुल्क रु ३ हजार लाग्ने कलबले जनाएको छ । फुटवल खेलको संगै जिल्लामै रहेको लभ ताल छेडेदह तालको प्रचार प्रशार गरी आन्तरीक तथा बाह्रय पर्यटकहरुलाई भित्र्याउन उदेस्य रहेको आयोजकले जनाएको छ ।
खेल प्रतियोगितामा बिजेतालाई २ लाख २२ हजार २ सय २२ रुपैँया नगद सहित प्रमाण-पत्र मेडल, उपविजेतालाई १ लाख १ हजार १ सय रुपैँया सहित प्रमाण-पत्र र मेडल प्राप्त गर्ने छन् । खेलमा बेष्ट पिलियर,राईजिङ् पिलियर , वेष्ट डिफेन्डर र सर्वाधिक गोल कर्तालाई पुरस्कार सहित मेडल र प्रमाण-पत्र प्रदान गरिने कलबका सदस्य बिशाल ओलीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार