शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • जनआन्दोलनका नायक रोकायाद्धारा प्रदेश (ख) को सभापतीमा उम्मेद्धारी

जनआन्दोलनका नायक रोकायाद्धारा प्रदेश (ख) को सभापतीमा उम्मेद्धारी

  • सोमवार, अशोज ११, २०७८
जनआन्दोलनका नायक रोकायाद्धारा प्रदेश (ख) को सभापतीमा उम्मेद्धारी

बाजुरा — जनआन्दोलन २०६२/२०६३ का नायक देब बहादुर रोकायाले नेपाली काँग्रेसको प्रदेश (ख) को सभापतीमा उम्मेद्धारी दिने बताएका छन । जिल्लाको सातौँ जिल्ला अधिबेशनमा आफु बाजुरा प्रदेश (ख) को सभापतीमा लड्ने बताएका हुन । गौमुल गाउँपालिका वडा न ३ जो जिल्लाकै बिकट ठाउँ मानिन्छ सोही ठाउँबाट राजनिती यात्रा सुरु गरेका रोकाया नेपाली काग्रेसको नेतृत्वमा २०६२/२०६३ को जन आन्दोलनका बेला फन्टलाईनमा रहेका थिँए । आन्दोलनका बेला प्रहरीको कुटाई पाउनुका साथै जिल्लामा नेपाली काग्रेसको बर्चस्व जमाउन निकै भुमिका खेलेको बताए ।
नागरिक आन्दोलनतर्फबाट ६२/६३ को आन्दोलनको अग्रमोर्चामा रहेका रोकाया ‘आवरणका रुपमा राजनीतिक अपलब्धि हासिल गरिएको’ बताउँछन् ।
उनले भने, लोकतन्त्र भनेर त्यसको मूल्य र आचरणका बारेमा प्रश्नहरु पछिसम्म पनि रहे जसका बावजुत लोकतन्त्र र जिल्लामा संगठन सुदृढिकरणका लागि आफुले नेतृत्व लिन आबस्यक रहेको बताएका छन । जिल्लाको ७ औँ अधिबेशनमा आफु सबैको साझा उम्मेद्धाराको रुपमा प्रदेश (ख) को लागि योग्य रहेको बताए
आर्थिक र समाजिक रुपान्तरण राजनीतिक रुपान्तरण सजिलैसँग हासिल गर्न सक्ने आफुमा क्षेमता भएकोले यसपटकको अधिबेशनमा आफुलाई नेतृत्व दिन आग्रह समेत गरेका छन ।
रोकायाले आफू सभापतिमा चयन हुन सफल भएमा गुट उपगुट को अन्त्य गर्दै पार्टीको वडा देखि केन्द्र सम्म युवा पुस्तालाई नेतृत्व तहमा पुर्‍याउने र पार्टीलाई सशक्त ढंगले उठाउने प्रतिबद्धता जनाएका छन।
उध्योग बाणिज्य संघ बाजुराको अध्यक्षबाट सामाजिक र राजनिती यात्रा तए गरेका रोकायाले २०४६ देखी नेपाली काग्रेसको सक्रिय कार्यक्रताको रुपमा रहेका थिए । उनले नेपाली काग्रेसबाट २०४९ सालमा जिल्ला बिकास समितिको सदस्य तथा क्षेत्रपालमा निर्बाचित भएका थिए ।
रोकाया २०५१ सालमा नेपाली काग्रेस जिल्ला कार्य समितिको सदस्य, २०५८ सालमा पार्टीको जिल्ला कार्यसमिति उपसभापती हुदै हाल जिल्ला सल्लाहकार समितिमा रहेका छन ।
रोकायाले भने अबको यो समयमा आफुले एक पटक प्रदेश ख को नेतृत्व लिन चाहेकोले सबैले सहयोग गर्न आग्रह समेत गरेका छन । विगत डेढ दशकदेखि नेपाली काग्रेसको विभिन्न पदहरुमा रहेर काम गर्दै आएका रोकायाले सवै पक्षहरुसंगको सल्लाहमा आफु नेपाली काग्रेस बाजुराको प्रदेश (ख) सभापती बन्ने इच्छाका साथ लागेको बताए । नेपाली काग्रेसको नेतृत्वका लागि उम्मेद्धारी घोषणा गरेको बताए । ‘डेढ दशकदेखि यस पार्टीमा आवद्ध रहेर म विभिन्न पदहरुमा रहेर काम गर्दै आइरहेको छु,’ उनले भने ‘अग्रजहरुको सल्लाह र साथिहरुको आग्रहमा मैले अव प्रदेश (ख) को सभापतीको उम्मेद्धारी दिने निणर्यमा पुगेको बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार