शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • औषधीय गुण बोकेको सिस्नोका यस्ता छन् फाइदा

औषधीय गुण बोकेको सिस्नोका यस्ता छन् फाइदा

  • सोमवार, अशोज ११, २०७८
औषधीय गुण बोकेको सिस्नोका यस्ता छन् फाइदा

सिस्नोलाई तरकारीको रुपमा खाइने चलन छ । अझै पहाडी जिल्लाका दुर्गम स्थानमा सिस्नो र च्याँख्ला खानेलाई हेयको दृष्टिले हेर्ने चलन छ । तर यही सिस्नोको औषधीय महत्वबारे तपाइँ जानकार नहुन सक्नुहुन्छ । प्रस्तुत छ सिस्नोका केही औषधीय महत्व-

     – सिस्नोले मुटुसम्बन्धी समस्यालाई निको पार्नका लागि सहयोग गर्छ ।
   –  यो मधुमेह रोगीका लागि पनि निकै उपयोगी हुन्छ ।
–  सिस्नो गर्भवती तथा सुत्केरीलाई समेत खुवाइन्छ । उनीहरुका लागि सिस्नो अति फाइदाजनक मानिन्छ ।
    –  उच्च रक्तचापको समस्या छ भने पनि सिस्नोको सेवन गर्दा हुन्छ । यसले उच्च रक्तचापलाई नियन्त्रण गर्नमा सघाउ पुर्‍याउँछ ।
 –  प्रोस्टेड ग्लाण्ड र बाथको समस्या भएका मानिसलाई पनि सिस्नोले राहत प्रदान गर्छ ।
–  सिस्नो छाला र कपालका लागि निकै उपयोगी मानिन्छ । यसले अनुहार चम्किलो बनाउनुका साथै दाग हटाउनको लागि पनि मद्दत पुर्‍याउँछ ।
 –  यसले कपाल सिल्की बनाउन सहयोग गर्छ भने कपाल झर्नबाट रोक्ने काम गर्छ ।
   – सिस्नोले शरीरमा रगतका नयाँ सेल बनाउनमा महत्वपूर्ण भूमिका खेल्छ । यसले डिएनए क्षयीकरण हुनबाट समेत रोक्ने काम गर्छ ।
 – पिसाबको संक्रमण हुनेहरुले पनि नियमित सिस्नो सेवन गर्दा फाइदा हुन्छ ।
   – शरीरमा भएका विभिन्न एलर्जीको समस्या समाधानमा पनि सिस्नोले मद्दत गर्छ ।
शरीर दुख्ने समस्याको उपचार गर्नु छ भने पनि आजैबाट नियमित सिस्नोको प्रयोग गर्दा हुन्छ ।
साभार : ‘घरेलु आयुर्वेदिक उपचार’पुस्तकबाट

चर्चामा

सम्बन्धित समाचार