शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • गौमुल
  • कांग्रेस गौमुल गाउँपालिकाको सभापतिमा राज बहादुर धामी निर्वाचित

कांग्रेस गौमुल गाउँपालिकाको सभापतिमा राज बहादुर धामी निर्वाचित

  • आइतवार, अशोज १०, २०७८
कांग्रेस गौमुल गाउँपालिकाको सभापतिमा राज बहादुर धामी  निर्वाचित

बाजुरा — नेपाली गौमुल गाउँपालिकाको सभापतिमा राज बहादुर धामी सर्वसम्मत चयन भएका छन् । शनिवार भएको नेपाली कांग्रेसको गौमुल गाउँपालिका प्रथम अधिवेशन बाट राजबहादुर धामी सर्वसमत चयन भएका हुन । उपसभापतिमा मंगल बहादुर रोकाया,सचिवमा अर्जुन बोहरा,सहसचिवमा राजेन्द्र रोकाया लगाएत २२ सदस्य कार्य समिति गठन गरिको हो । जिल्लाका ९ वटै पालिकामा असोज ९ गते वाट अधिवेशन सुरु भएको थियो ।

जिल्लाका विभिन्न पालिकामा पालिका अधिवेशन चलिरहेको छ । नेपाली कांगेस गौमुला गाउँपालिकामा भने अधिवेशन सुरु भएकै दिनमा नेपाली कांग्रेस गाउकार्य समिति गठन भएको छ । नेपाली कांग्रेस गौमुल गाउँपालिकाको अधिवेशन गाउँपालिकाको कार्यालय घटमुनामा सम्पन्न भएको हो । सो कार्यक्रमको संचालन गणेश थापाले गरेका थिए । अहिलेकाे अपडेटअनुसार बुढिनन्दा नगरपालिकाकाे अधिबेशन सम्पन्न भएकाे नेपाली काग्रेस बाजुराकाे प्रचार प्रशार समितिले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार