शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • कुटेर पत्नीको हत्या गरेको आरोपमा एक युवक पक्राउ

कुटेर पत्नीको हत्या गरेको आरोपमा एक युवक पक्राउ

  • आइतवार, अशोज १०, २०७८
कुटेर पत्नीको हत्या गरेको आरोपमा एक युवक पक्राउ

कोहलपुर — कुटेर पत्नीको हत्या गरेको आरोपमा प्रहरीले बाँकेको कोहलपुरबाट एकजना युवालाई पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका–३ भगरिया घर भएका ३४ वर्षीय प्रकाश न्यौपानेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालले  बताए ।

असोज ८ मा प्रकाशले पत्नी लक्ष्मीरुपा न्यौपानेलाई कुटेर नालामा धकेलेका थिए । कुटपिटबाट गम्भीर घाइते भएकी ३५ वर्षीया लक्ष्मी रुपाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा ज्यान गएको थियो । पत्नी हत्यामा संलग्न प्रकाशलाई कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।

चर्चामा

सम्बन्धित समाचार