बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचित्र संसार
  • जब मतदाताहरुले सबै उम्मेदवारलाई अस्विकार गरी बिरालोलाई जिताए

जब मतदाताहरुले सबै उम्मेदवारलाई अस्विकार गरी बिरालोलाई जिताए

  • आइतवार, अशोज १०, २०७८
जब मतदाताहरुले सबै उम्मेदवारलाई अस्विकार गरी बिरालोलाई जिताए

काठमाडौं — यो संसारमा वस्तु, स्थान, मानिस तथा जीवजन्तुहरुसँग सम्बन्धित विभिन्न खालका विचित्र घटनाहरुको बारेमा सुन्नुपर्दा यस्तो लाग्दछ कि यहाँ जे पनि सम्भव छ ।

संसारमा एक से एक नेताहरु छन् । स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय नेताहरुको जगजगी भएको यो समयमा जनताले नेतालाई अस्विकार गर्दै बिरालोलाई आफ्नो प्रतिनिधि वा शासकको रुपमा छनोट गर्दा रहेछन् कहिलेकाहीं । यस्तै भएको थियो अमेरिकाको अलास्का प्रान्तस्थित एक सहरमा । अलास्काको टकटिना सहरमा जनताहरुले एउटा बिरालोलाई मेयरमा निर्वाचित गरेका थिए । मेयर बिरालोको नाम स्टब्बस थियो ।

सन् १९९७ मा उक्त सहरमा भएको स्थानीय निकायको चुनावमा मानिसहरु मतदानकेन्द्रमा उभिएर कुनैपनि उम्मेदवरालाई आफ्नो मत दिएनन् । जनताहरुले उक्त बिरालोलाई नै आफ्नो मेयरको रुपमा जिताए । अनौठो त के भने उक्त बिरालो लगातार १५ वर्षसम्म सो सहरको मेयर बनिरह्यो । अर्थात् बिरालो विरुद्ध चुनाव लड्ने हिम्मत नेताहरुले गरेनन् ।

सन् २०१७ को जुलाई २१ मा २० वर्षको उमेरमा स्टब्बसको मृत्युपछि मात्र उसको १५ वर्षे शासन समाप्त भयो । सायद कुर्सीमा पुगेपछि मान्छेलाई मात्र होइन बिरालोलाई पनि यश आराम तथा सुखभोग चाहिन्छ होला । यो बिरालोपनि त्यस्तै शौखिन थियो । उसले केवल काँचको गिलासमा मात्रै पानी लगायतका तरल खाने कुरा खान्थ्यो । १५ वर्षसम्म सहरको मेयर हुने बिरालोका क्रियाकलाप सामान्य हुने त कुरै भएन । तथापि सहरमा उसको स्थान सम्मानजनक थियो ।

उक्त बिरालो मेयरकै कारण टकटिना सहर पर्यटकको केन्द्र बनेको थियो ।

–एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार