शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • सभापतिमा उम्मेद्धवारीको घोषणा भएपछि बोहरालाई सामाजिक सँजालबाट शुभकामना दिनेको ओईरो

सभापतिमा उम्मेद्धवारीको घोषणा भएपछि बोहरालाई सामाजिक सँजालबाट शुभकामना दिनेको ओईरो

  • शनिबार, अशोज ९, २०७८
सभापतिमा उम्मेद्धवारीको घोषणा भएपछि बोहरालाई सामाजिक सँजालबाट शुभकामना दिनेको ओईरो

अर्थ जङ्ग शाही /बझाङ्ग — नेपाली कांग्रसको १४औं महाधिवेशनमा सभापतिमा खडक बहादुर बोहरा पनि उम्मेद्धवारी दिने भएका छन् ।
बोहराले एक प्रतिबद्धता पत्र जारि गर्दै १४ औ अधिवेसनमा बझाङ्ग बाट सभापतिमा उम्मेद्धवारी दिने बताएका हुन्।

नयाँ तथा पुराना पुस्ता सबैलाई मिलाएर अघि बढ्ने हैसियत आफुले राख्ने भन्दै उनले भने आजको युग विचार दृष्टीकोणको युग भएकाले पार्टीलाई ब्याक्तीले नभइ विधिले सञ्चालन गर्नु पर्दछ। पार्टीको नेतृत्व ब्यक्तिले भन्दापनी विचारले गर्नु पर्दैछ ।

महाधिवेशन भनेको केवल नेतृत्व छनौट मात्र नभइ एउटा नितिगत बहस र छलफल गर्ने स्थल पनि भएको बोहराले बताए ।

उनले आफू सभापति भएमा सबै समुदायलाई समेटेर समावेशी पार्टी बनाउने दाबी गरे । ‘सबैले अवसर पाउने, सबैलाई न्याय हुने पार्टी बनाउँछु,’ उनले भने ।

आफू पदमा रहदाँ वा नहरदाँ आम जनता माझ म क्रियाशील रहेको र सदा रहने प्रणका साथ हाम्रो गौरवशील पार्टी काँग्रेस प्रतिको ईमान्दारिता,धैर्यता,सहनशीलता सक्रियता तथा राजनितिक उदाहरणीय मेरो त्यागको पुन:मूल्याङ्कन का साथ जिल्लामा देखिएका केही धारको अन्यगरी पूर्ण एकता न्याय पूर्ण स्थापनका लागी सदा अगाडि बढिरहने बोहराले बताएका छन्।

बोहरा काँग्रेस कै एक सिपाही भएका कारण बिगत दुन्द्धकालमा पटक पटक यातनाको हिस्सेदार बनेको उहाँको छोरा असिम बोहरा (बिनोद )ले बडिमालिका खबरलाई बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार