शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • बिदेशी हश्तक्षेप बढ्नु लाछि नेताहरुले गर्दाहो!

बिदेशी हश्तक्षेप बढ्नु लाछि नेताहरुले गर्दाहो!

  • बिहिबार, अशोज ७, २०७८
बिदेशी हश्तक्षेप बढ्नु लाछि नेताहरुले गर्दाहो!

 सुरेशकुमार पान्डे — देशमा बिदेशी हश्तक्षेप बढ्यो भन्दै नेता कार्यक्रता र जनता पनि कराउँछन।तर किन बेदेशीहरुको चलखेल देशभित्र बढ्यो?त्यो बारे न त नेता बोल्छन न कार्याक्रतानै बोल्छन।थाहा पाएर पनि बुच पचाउँने काम गर्दै आएकाछन।आर्को तरी जनताले बोलेको कसैले पनि सुन्दैनन्।भनिन्छ”सदैभरी बारमबार अंधकारलाई सराप्नु भन्दा एउटा दियो जलाउनसके उज्यालो हुन्छ”तर त्यो दियो बाल्ने क्षामता कसैको छैन मात्र देशमा अंधकार फैलियो भन्दै कराउँछन।देशभित्र महंगि बढ्यो, भ्रस्टचार बढ्यो,चेलिबेटी अशुरक्षित भए,न्ययाकानुन् नामको छैन। एउटाले अर्कोलाई सारापेको हुन्छ।तँ मैलो म सफा भनेर कराएकाछन नेता संसदमा देशको बिकासका कुरा हुँदैनन् बिदेशीहरुको कस्ले बढि चाक्रि गर्ने बारे तछाड मछाड मात्र हुँन्छ।पानी धमुलेर माछा मार्ने काम बाहेक नेताहरुले खासै केही काम गरेको देखिदैन।बिदेशी सँग सम्झौता गर्दा एउटाले गय्रो त्यो राष्ट्रघाति हुन्छ त्यहि आफै गर्दा देशको हितमा हुन्छ।यस्तो बहुदलिय ब्यबस्था आएपछि लगातार हुदै आएकोछ,त्यसबारे उधारण दिनु नपर्ला।अहिले देशलाई बिदेशीहरुको ईसारामा संसद भंग गरेपछिको अबस्था कसै बाट पनि लुकेकोछैन।अहिले पनि गठबन्धन सरकारले देशभरीनै लुटमार मचाएकोछ एम सीसीलाई संसदमा पारित गराउँन नपाएपछि शेरबहादुर दिउवा आफै घायल बाघ जस्ता भयकाछन।अहिले सम्म देशको रक्षा देशभक्त जनताहरुले नगरेको भए हाम्रो देश सिक्किम बन्ने थियो।जनताले लगातार सरकारको गलत निर्णयको बिरुद्धमा शंर्घष गर्दै आउँनाले देश अहिले सम्म बचेकोछ।चीन समेतले अहिले अघोषित आर्थिक नाकाबन्दि गरेका कयौँ गैर सरकारी मिडियाहरुमा सुन्निन्छ तर यसबारे पनि सरकारलाई थाहानैछैन।कुल मिलाएर हाम्रो देशलाई देशका दलाल लाछि नेताहरुले हरिकङ्गाल गराएकाछन।नेताहरुलाई कसरि बिदेशको दलालि गरेर सरकारमा जाउँ र ब्यापक भ्रष्टचार गरेर अकुत धन आर्जन गरौँ भन्ने मात्र चिन्ताछ।देशका जनताहरुलाई आपसमा लडाएर तं काग्रेस म कम्युनिष्ट भन्दै गाउँ गाउमा कुटा-कुट गराएर शिर्ष नेताहरुले आफ्नो स्वार्थ पुरागरिरहेका हुन्छन। देशभक्तहरु कसरि मारिए कस्ले मरायो कस्ले माय्रो त्यो कसैलाई थाहा हुँदैन।पहिले लिपुलेख लिम्पिया धुरा काला पानीको बारेमा एमालेका त्यो बेलाका सांसद ..धामीको बहान दुर्घटना भयो भनेर मारियो।त्यसपछि काला पानीको मुद्धा चिसो बाकसमा थन्काईयो।पछि मदन भण्डारी र जीवराज आश्रृतको जिप दुरघट्ना भयो।देशमा बिदेशको दलालि गर्नेहरु सरकारमा बिराजमान हुन्छन देशको हितको निमित्त संघर्ष गर्नेहरु कुनैन कुनै दुर्घटनामा परेकाछन यो ऐतिहाशिक सत्यहो।तर अहिले सम्म ति मरेका मान्छे मरेकै हुन कि मारिएका हुन भन्ने बारे कसैले पनि प्रष्टपारेर आफ्नो प्रतिवेदनलाई बुझाउँन सकेकोछैन।किन?यस्तो दर्दनाक र सम्बेदनसिल अबस्था आई पर्छ।यो हाम्रो बिचमा तेर्छिएको प्रश्नको हाम्रै बिचमा उत्तर हुँदा हुँदै वेनाम र वेउत्तर भयकोछ।कसैले देश र जनताको हितमा नयाँ योजना बनाएर बिकास र आत्मनिर्भरका बिषय बस्तुलाई संसदमा राख्दैनन बरु बिदेशी सहयोगको लागि हात फैलाएर अनुदानको भिक माग्छन।त्यो जुनसुकै सर्तमा किन नहौश। बिदेशी नीतिको बारेमा त गम्भिर भयर सबैले मैत्रि पुर्ण छलफल गरेर त्यसपछि त्यो देशको हितमा छ जनताको पक्षमाछ भने बल्ल त्यसबारेमा लागु गरौँ कि नगरौँ भनेर छलफल गरेर बल्ल सहिछाप गर्नु पर्छ।हाम्रो देशमा पहिले सम्झौतामा क्षश्तक्षर गर्छन कमिसन खान्छन त्यसपछि त्यसलाई लागु गर्नै पर्छ भनेर आपसमा कुटामार गर्छन।”धेरै कुकुरको बगालमा एउटा हड्डि फ्याँक्नु र हेर्नुश ति कुकुरहरु आपसमा चेथुरा छेथुर गर्छन।”त्यसतै प्रकारको आजको हाम्रो देशका शिर्ष नेताहरु भयकाछन।यिनै नेताहरुले देश भक्त युवाहरुको बलिचढाए।देशमा नयाँजनवादी क्रान्ति निकट भबिश्यमा हुनै नसक्ने गराए।यद्मापि नयाँ जनवादी क्रान्तिको लागि माहोल बन्दै गयको थियो तर त्यसलाई गर्भैमा मार्न कथित जनयुद्ध को थालनि गरेर कम्युनिष्ट क्रान्तिकारीहरुलाई पुरै बद्नाम गराए अब त्यो आन्दोलनको उठान गर्न सितिमिति छैन।अब ति हिंजो जस्ले सस्त्र शंघर्ष गर्ने मुडमा थियो अब त्यो शान्ति पुर्वक सुधारबादी लाईनलाई अंगालो हालेकोछ वा हाल्ने दाउँमा छ। देशको अबस्था झनपछि झन संबेदन सिल र तरल बन्दै गयकोछ।यस्तो अबस्थामा अहिले सबैभन्दा प्रमुख जीम्मेवारी देशको रक्षागर्ने नै हुन्छ र हुनुपर्दछ।देशभित्रका जनताले अब कुनैपार्टीको भन्दा पहिले देशको झण्डा उचालेर एकमना एकताका साथ राष्ट्रीयताको रक्षाको लागि शंघर्ष गर्नु आज समयको माग भयकोछ।

चर्चामा

सम्बन्धित समाचार