शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • जब पराण पनि उडेर जान्छ बतास बनेर,

जब पराण पनि उडेर जान्छ बतास बनेर,

  • बुधबार, अशोज ६, २०७८
जब पराण पनि उडेर जान्छ बतास बनेर,

जब पराण पनि उडेर जान्छ बतास बनेर,
नागरिक फर्किन्छन बाक्सामै लाश बनेर।

सरकारको जीम्मेदारी केहो भन नेता जी,
देशकै जीम्मेवार अबिभावक खाश बनेर।

नागरिकलाई आफ्नै सन्तान जस्तै सम्झौ,
योजना बनाएर आउ नौलो निकाश बनेर।

श्रोत र साधनको त कमिछैन हाम्रै देशमा,
खोलत उद्दोग रोजगार आउँछ राश बनेर।

यसो सोंचौ त आफ्नै देशमा रोजगार भए,
को बस्छ अर्को देशमा कमारो दाश भएर।

कती बेसरम भयौ नेताहरु लाजनै मान्दैनौँ,
देश र दुनियाँ भरिमै तिम्रो पर्दाफास भएर।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार