शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • अस्पताल बाजुराबाट रिफर बिरामी पैसा नहुदा आफन्तले घर लगे

अस्पताल बाजुराबाट रिफर बिरामी पैसा नहुदा आफन्तले घर लगे

  • मङ्लबार, अशोज ५, २०७८
अस्पताल बाजुराबाट रिफर बिरामी पैसा नहुदा आफन्तले घर लगे

बाजुरा–जिल्ला अस्पताल बाजुराले रिफर गरेको बिरामी आर्थिक नहुदा आफन्तले घर लगेका छन् । बडिमालिका नगरपालिका ८ बस्ने ३० बर्षिय धौली थापालाई पैसा नहुदा आफन्तले घर लगेका छन् ।
जिल्ला अस्पताल बाजुरामा १ हप्ता पहिला उपचारका लागि आफन्तले धौलीलाइ पुयाएका थिए । तिन महिना देखी थला परेकि धौलीले घरमै जडिबुटीको उपचार गरेकि थिइन् । ठिक नभएपछि उनलाई आफन्तले बोकेर जिल्ला अस्पताल बाजुरा लगेका थिए । धौलीका दुबै खुट्टाको घुडा संक्रमण भएर दुबै खुट्टा सुनिएका र चल्न नसक्ने रहेका छन् ।
जिल्ला अस्पताल बाजुराका डा. गौरब आचार्याका अनुसार धौलीको दुबै खुट्टाको घुडा संक्रमण भएको अर्थोपेडिक चिकित्सले जाँच गरे मात्र रोगको पहिचान हुने वताए । अस्पतालले कोहोलपुर मेडिकल कलेज रिफर गरेको आचार्यले वताए । अप्रेसन गर्नुपर्ने वा अन्य उपचार गरे ठिक हुने हाडजोर्नी बिशेषज्ञ चिकित्सकले हेरे मात्र थाहा हुने आचार्यले वताए ।
अस्पताल बाजुराले धौलीलाई रिफर गरेको १ हप्ता भइसकेको छ, तर पैसा नभएर उनि घरमै अलपत्र रहेकी छन् । श्रीमतिको उपचार सहयकोगका लागि धौलीका श्रीमान बिर बहादुर थापा हारगुहार गरिरहेका छन् । उपचार सहयोगका लागि बडिमालिका नगरपालिकामा पहल गरेपनि कसैले वास्ता नगरेको आफन्तको भनाइ रहेको छ ।
उपचारको बिषय त धेरै टाढाको हो, गाडिभाडा नपाएर अलपत्र रहेका धौलीका ससुरा अङ्गे थापाले वताएकि छन् । बडिमालिका नगरपालिकाले महिलाका क्षेत्रमा थुप्रै काम गरेको वताउदै आएको छ । तर नगरपालिकामा समस्या परेका महिलाका सवालमा वेवास्ता गरेको स्थानियको आरोप रहेको छ । धौलीका चार वटा बच्चा रहेका छन्, । उनको परिवार आर्थिक अबस्था निकै कमजोर रहेका छन् ।
बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले नगरपालिकाले समस्या परेका बिरामीलाई ५ हजार सहयोग गर्ने रहेको वताए । त्यो भन्दा बढी रकम भने दिन नसक्ने अबस्था रहेको बडुवालले वताएका छन् । उपचार त धेरै टाढाको कुरा हो धौलीलाई नेपालगञ्ज तथा काठमाडौ पुयाउनका लागि मात्र ५ हजारले भाडा समेत नपुग्ने रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार