शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • चामल सकीएपछि बाजुराका खाध्य डिपो बन्द

चामल सकीएपछि बाजुराका खाध्य डिपो बन्द

  • सोमवार, अशोज ४, २०७८
चामल सकीएपछि बाजुराका खाध्य डिपो बन्द

बाजुरा —  जिल्लाको सदरमुकाम मार्तडीमा रहेका खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल सकीदा लिमिटेडले बिक्री गर्न नसकीने सूचना टाँस गरी बन्द गरेको छ । देशका बिभिन्न ठाउँमा सस्तो पशल संचालन हँुदा बाजुराका खाध्य तथा ब्यापारी कम्पनी भने बन्द भएका छन । पूर्वीउत्तर क्षेत्रका चार स्थानिय तहको लागि खाद्यान्न बितरण गर्नको लागि कोल्टीमा रहेको खाद्य डिपोले समेत एक महिना अगाडी बाट बिक्री बन्द गरेको डिपोले जनाएको छ ।
कृर्षि ज्ञान केन्द्र बाजुराको तथ्याङक अनुसार जिल्लाको पुरा क्षेत्रफलको ९.२१ प्रतिशत खेतीयोग्य जमीन रहेको छ । त्यसमा जम्मा सिंचित क्षेत्र १.४२ प्रतिशत मात्र रहेको छ । ७.७९ प्रतिशत जमीनमा सिंचाई सुबिधा छैन जिल्लाको कुल २० हजार १ सय ५५ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ हजार १ सय १५ हेक्टरमा मात्र सिंचाइ सुविधा रहेका छ। बाजुरा खाद्य सुरक्षाको उच्च जोखिमयुक्त जिल्ला हो। बाली सप्रेकै अवस्थामा समेत यहाँ वार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने कृषि कार्यालयको तथ्यांक छ ।
जिल्लाबाट पटक पटक केन्द्रमा भन्दा पनि सुनुवाइ नभएकोले खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेडहरु बन्द गर्नुपर्ने अबस्था आएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन । खाध्यान्न माग र ढुवानीका लागि पत्राचार गरीयो फोन पनी गरे तर खाध्य ब्यबस्था तथा ब्यापार कम्पनीको केन्द्रीय कार्यालयले वास्ता नगरेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए ।
‘मान्छेले बाँच्न पाउँने अधिकार राज्यले सुरक्षीत गरीदिनु पर्छ । स्थलगत मार्गबाट सम्भव देखीदैन चारै तिरको बाटो पहिरोले बगाएकाले तिहार अगाडी खोल्न सम्भव छैन। कोल्टीमा रहेको एरपोटबाट हवाई मार्फत ढुवानी गरेर चाँडो भन्दा चाँडो खाद्यान्न आपुर्तिका लागि राज्यले जिम्मा लिएर हेलीकप्टर बाट भए पनि नागरिकलाई चामल दिनुपर्ने खाध्य अधिकार संजाल बाजुराका अध्यक्ष मदन जोशीले बताएका छन ।
सदरमुकामसम्म जोडिएको साँफे मार्तडी सडक खण्ड र मार्तडी कोल्टी सडक खण्ड बर्षादले भत्काएको ४ महिना सम्म पनि संचालन नुहँदा खाद्यान्न ढुवानीमा समस्या भएको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड मार्तडी र कोल्टी शाखामा चामल अभाब भएको खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निमित्त कार्यालय प्रमुख रमेश बिकले बताए ।
संस्थानमा चामल सकिएपछि स्थानीय महँगो चामल किनेर खान बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कोल्टी शाखामा मोटो चामल एक केजीको ४८ रुपैयाँ पर्छ भने बजारमा सोही चामलको प्रतिकेजी ७० रुपैयाँ भन्दा बढी पर्छ । देशका बिभन्न ठाउँमा दशै तिहार लक्षित गरेर सस्तो पशलहरु सचांलनमा छन तर बाजुरामा भने खाध्य संस्थान बन्द गर्नुपरेको अबस्था रहेको नागरिक अगुवाहरुले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार