शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • एक जुट यो संसार भरीका मजदुर भएपछि,

एक जुट यो संसार भरीका मजदुर भएपछि,

  • आइतवार, अशोज ३, २०७८
एक जुट यो संसार भरीका मजदुर भएपछि,

एक जुट यो संसार भरीका मजदुर भएपछि,
क्रान्ति अबस्य हुन्छ आस्था भरपुर भएपछि।

नोकरी पेसा न भयका हामी सर्वहारा लाहुरे,
कसरी बाँचौला अशंमा नै एक धुर भएपछि।

हाम्रो देशमा कृर्षि क्रान्ति त नभै नहुँने थियो,
कसरीहुन्छ सधै सामन्तकै जिहजुर भएपछि।

लेखि राख्छौँ साहित्येकार गजल कथा गीत,
के गरौं जनताका सपना चक्नाचुर भएपछि।

आक्रोशको सिमानै छैन भ्रष्ट ब्यबस्था देख्दा,
न्याय निसाब खै?जेलभित्र वेकसुर भएपछि।

जनतामा यस्तो फुट हुँदा दुश्मन रमाए याहाँ,
देश कसरी बचाउँ दुस्ट नै कोहिनूर भएपछि।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार