शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा सोमबार देखी अनन्ते पर्ब सुरु

बाजुरामा सोमबार देखी अनन्ते पर्ब सुरु

  • आइतवार, अशोज ३, २०७८
बाजुरामा सोमबार देखी अनन्ते पर्ब सुरु

बाजुरा — सदरमुकाम मार्तडीबासीको दशैं तिहार पछिको दोस्रो ठुलो पर्व अनन्ते मेला यस वर्ष यही असोज ४ देखि ६ गतेसम्म लाग्ने भएको छ । दशैँ र तिहारपछिको दोस्रो ठूलो पर्वका रुपमा मनाईने अनन्ते मेला आगामी सोमबारबाट विधिवत रुपमा सूरु हुने भएको हो ।
सदरमुकाम मार्तडीको मालिका मन्दिरमा लाग्ने उक्त मेलामा यहाँका स्थानीयहरुले रातदिन आ-आफ्नै शैली र परम्परा झल्किने गरी अनन्ते खेल्ने गरेका छन् ।

जब नेपालमा नेपाली र अंग्रेजहरुको युद्ध चलेको थियो । त्यही युद्धको बेलादेखि नेपालमा यस अनन्ते मेलाको सुरुवात भएको र अंग्रेजहरुले नेपालीलाई अन्याय गरेकोले अन्यायको अन्यहोस् भनेर अनन्ते मेला पर्व मनाउने चलन रहेको स्थानीयले बताएका छन् ।

यस पर्वलाई महाभारतमा कौरवसँगको लडाइमा पाण्डवहरुले गरेको विजय प्राप्तिको खुसियालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले मनाउने विजय उत्सवको रुपमा यो पर्व हरेक वर्ष मनाउने गरिन्छ ।

feature image

चर्चामा

सम्बन्धित समाचार