बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • चीनबाट आज थप ४४ लाख डोज खोप नेपाल आइपुग्दै

चीनबाट आज थप ४४ लाख डोज खोप नेपाल आइपुग्दै

  • शुक्रबार, अशोज १, २०७८
चीनबाट आज थप ४४ लाख डोज खोप नेपाल आइपुग्दै

काठमाडौँ — सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ ।

उक्त खोप ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी विमान राति ११ बजे त्यसतर्फ प्रस्थान गरेको हो । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप आज दिउँसो २ बजे आइपुग्ने जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार चीनसँग खरिद गरिएको उक्त खोप दिउँसो नेपाल आइपुग्ने र केही दिनमा फेरि खोप अभियान शुरु गरिने जानकारी दिए ।

सरकारले ६० लाख डोज खोप खरिद गरेकामा यसअघि १६ लाख डोज नेपाल ल्याइसकिएको छ । नेपालमा अहिलेसम्म १ करोड ३३ लाख खोप आइसकेको छ ।

सरकारले असोज मसान्तसम्म थप १ करोड डोज खोप ल्याउने तयारी गरेको मन्त्रालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार