मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • जीवनभरी बिदेशमा बस्दा पनि समस्य निदान भैन,

जीवनभरी बिदेशमा बस्दा पनि समस्य निदान भैन,

  • बिहिबार, भदौ ३१, २०७८
जीवनभरी बिदेशमा बस्दा पनि समस्य निदान भैन,

जीवनभरी बिदेशमा बस्दा पनि समस्य निदान भैन,
अबकास पछि दिन ढुक्क सँग काट्ने प्रवधान भैन।

हिंजो खर्चेको समय त आज फर्केर किन आउँथ्यो,
बुढेशकालमा नौजवनकै जस्तो अब त्यो शान भैन।

आजिवन बर्गशंघर्षकै नारा घन्कायौँ देश बिदेशमा,
तर कहिलै पनि क्रान्तिको अबस्था र आवहान भैन।

मैले जनै फाल्दा बौलाह नभन्ने थिएनन् कोई याँहा,
तर मलाई ति ब्याक्तिहरु सँग कत्ति अभिमान भैन।

के गरौँ हिम्मत नभएको होईन ईचछ्या पनि थियो,
आफै उभियको धरातलकै पनि कक्ति अडान भैन।

जीवनभरी आत्मत्याग गरेको सच्चाई हुँदा पासमा,
सुखःर सम्मानका दिन अहिले सम्म एक थान भैन।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार