शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बिद्यालयकाे माथिबाटै पहिराे बग्न थालेपछि बडिमालिका ७ काे लक्ष्मी माबि पहिरोको जोखिममा

बिद्यालयकाे माथिबाटै पहिराे बग्न थालेपछि बडिमालिका ७ काे लक्ष्मी माबि पहिरोको जोखिममा

  • बुधबार, भदौ ३०, २०७८
बिद्यालयकाे माथिबाटै पहिराे बग्न थालेपछि  बडिमालिका ७ काे लक्ष्मी माबि पहिरोको जोखिममा

बाजुरा — केही दिनदेखिको लगातारको वर्षाका कारण बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ मा रहेको लक्ष्मी माध्यामिक बिद्यालय पहिरोको जोखिममा परेको छ । बडिमालिका नगरपालिका वडा न ७ जिल्लीमा रहेको लक्ष्मी माबि पहिरोको जोखिममा परेको लक्ष्मी माबिका प्रधानाध्यापक लालचन्द जैशीले जानकारी दिएका छन् ।
माथिल्लो भागमा रहेको भालुगैराको डाडादेखी पुरै पहाड चर्केको जानकारी पछि पनि केही दिन पढाईलाई निरन्तरता दिएका थियौ प्रअ जैशीले भने बुधबार (आज) बिहान देखी सो ठाउँबाट ढुङाहरु आउन थालेपछि त्रास बढेको र बिद्यालयमा ठुलो क्षेती हुने भएको छ प्रअ जैशीको भनाई रहेको छ । आज देखी बिद्यार्थीहरुलाई पढाउन समस्या हुनुका साथै जोखीम बढेकोले बिद्यालय बन्द गर्नुपर्ने अबस्था आएको उनको भनाई रहेको छ । उनले भने, ‘विद्यालय भवनको पछाडीपटीको पहाड पूरै भत्किन सुरु भएकोले बिद्यालयमा आएका बिद्यार्थीहरुलाई घर फर्किन लगाउने तयारी भएको प्रअले बताएका छन । गाउँ भन्दा टाढाका बिद्यार्थीहरुलाई बिद्यालयमा नआउन भन्नका लागि जिल्ला स्थित स्थानिय रेडियो हरुमा पनि जानकारी दिएको बताएका छन । विद्यालयको मैदान समेत जोखिममा परेको छ ।’ पहिरोको त्रासले पठनपाठन गराउन समस्या भएको धामीले बताए ।
विद्यालय पहिरोको जोखिममा रहेकोबारे सम्बन्धित निकायलाई पनि खवर गरिरहेको प्रअ जैशीले बताएका छन । सो बिद्यालयमा कक्षा १ देखी १० सम्म २ सय ६१ विद्यार्थी अध्ययनरत छन् ।

चर्चामा

सम्बन्धित समाचार