बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • जंगली बदेलको आतङ्कले अन्नबाली नष्ट गर्दा किसान हैरान

जंगली बदेलको आतङ्कले अन्नबाली नष्ट गर्दा किसान हैरान

  • मङ्लबार, भदौ २९, २०७८
जंगली बदेलको आतङ्कले अन्नबाली नष्ट गर्दा किसान हैरान

जंग रावल — बडिमालिका नगरपालीका वडा न.ं७ जिल्लीमा जङली बदेलले बारीमा लगाएको मकै नष्ट गर्दा किसानहरु चिन्तित भएका छन । बदेलले किसानहरु सुतेको बेला गाउँटोल नै सुनसान भएको बेला बारीमा लगाएको मकै बाली नष्ट गरेको हो । बारीमा लगाएको मकै जङगली बदेले आतङ्क मचाएर बारीको पुुरै बालीनाली नष्ट गरेको बडिमालिका नगरपालीका ७ का स्थानीय बासी हंस लवारले बताएका छन । खास गरेर मुख्य खाद्यबालीका रूपमा रहेको मकैबाली जङगली बदेलले नष्ट गर्न थाले पछि किसानलाई मकैबाली जोगाउन धौ-धौ परेको स्थानीय लवारले बताएका छन ।
जङगली बदेलको आतङ्कबाट बडिमालिका नगरपालीकाका स्थानीय बासी हंस लवार ,मन लवार ,नरे लवार जंग लवार र धना लवार गरि थुप्रै किसानहरुको मकै बाली नष्ट गर्दा किसानहरुलाई पिरलो परेको बताएका छन
खेतमा लगाएको मकै बाली जंगली जनावारले नष्ट गर्न थालेपछि किसानहरु भोकमरीको समस्या उत्पन्न हुने चिन्तामा रहेका छन् । साँझ बिहानको छाक टार्नका लागि लगाएको मकै बँदेलले सखाप पार्दा निकै समस्या हुने देखिएको किसानहरुको भनाइ रहेको छ । विभिन्न रोग तथा कीराबाट बचाएर पाक्न लागेको र पाकी सकेको मकैबाली घर भित्र्‍याउने समयमा जंगली जनावरले नष्ट पारे पछि किसानहरु निकै चिन्नतीतमा रहेका किसानहरुको गुनासो हरेको छ ।

चर्चामा

सम्बन्धित समाचार