मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • कला /साहित्य
  • साम्राज्यवादको कथित अनुदान चाहिदैन,

साम्राज्यवादको कथित अनुदान चाहिदैन,

  • आइतवार, भदौ २७, २०७८
साम्राज्यवादको कथित अनुदान चाहिदैन,

साम्राज्यवादको कथित अनुदान चाहिदैन,
देशलाई नेताका टुक्का र उखान चाहिदैन।

बरु खर्च थोरै गर र उत्पादन लाई बढाउ,
जनता लाई यस्ता नेता वेईमान चाहिदैन।

यहि देश भित्र पसिना बगाउँछन युवाहरु,
जनतालाई अब खाडि र जापान चहिदैन।

मिहेनत गरेर खाने पौरखी जनताहरुलाई,
दलाल ले दिएको दयाको परान चाहिदैन।

देश आत्मानिर्भर भएको देख्न चाहान्छौँ,
समाजलाई दुश्मनको यो बथान चाहिदैन।

फालौँ संघियता देश स्वर्ग तुल्य बन्छ यो,
बरु देश नै टुक्रापार्ने सम्बिधान चाहिदैन।

ए नेता छाड यो झुटको खेति दन्ते कथा,
तिम्रो त्यो बिकासको आवहान चाहिदैन।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार