बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • अष्ट्रेलियामा फेसबुकमा कमेन्ट गर्दा पनि मुद्धा लाग्न सक्ने

अष्ट्रेलियामा फेसबुकमा कमेन्ट गर्दा पनि मुद्धा लाग्न सक्ने

  • आइतवार, भदौ २७, २०७८
अष्ट्रेलियामा फेसबुकमा कमेन्ट गर्दा पनि मुद्धा लाग्न सक्ने

एजेन्सी — अष्ट्रेलियाको उच्च अदालतले समाचार माध्यमहरुका फेसबुक वा अन्य कुनै सामाजिक सञ्जालको पेजमा प्रतिक्रियाका लागि आधिकारिकता मान्ने भएको छ । एक घटनाको बारेमा फैसला सुनाउँदै उच्च अदालतले फेसबुक या अन्य कुनै पनि सामाजिक सञ्जालको पेजमा हुने गरेका टिप्पणीका लागि पनि समाचार माध्ययम जिम्मेवार हुने बताएको हो ।

सन् २०१६ मा एक किशोर डायलन बलरलाई हिरासतमा भएको दुव्र्यवहार एक टिभी रिपोर्टमा देखाइएको थियो । ती तस्विरहरुलाई लिएर देशभर ठूलो मद्दा बनाइएको थियो । त्यसपछि नर्दन टेरिटरी राज्यमा किशोर कैदीहरुका साथ दुव्र्यवहार जाँच भएको थियो ।

यो घटनामा सञ्चार माध्यमहरुले धेरै समाचार र लेख छापेका थिए । यो धेरै सामग्री सामाजिक सञ्जालमा पनि पोस्ट भएको थियो । ती पोस्टहरुमा पाठकहरुले धेरै टिप्पणी गरेका थिए । सन् २०१७ मा बलर हिरासतबाट रिहा भए र उनले कतिपय समाचार माध्यमहरुलाई मानहानीको मुद्धा हाले ।

बलरले आफ्नो मुद्धामा सिड्नी मर्निङ हेराल्ड र न्यूज कार्प, स्काई न्यूज अष्ट्रेलियालाई सामाजिक सञ्जालमा पोस्ट भएका टिप्पणीका आधारमा मुद्धा हालेका थिए । लगभग चार वर्षसम्म चलेको यो मुद्धामा मिडिया कम्पनीहरुले सामाजिक सञ्जालमा भएको टिप्पणीप्रति आफूहरु कुनै जिम्मेवार नभएको बताएका थिए ।

सन् २०१९ मा न्यू साउथ बेल्स राज्यको सर्वोच्च अदालतले मिडियाका ती भनाईलाई खारेज गर्दै कम्पनीहरुका विरुद्ध फैसला गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार