बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • त्रिवेणी
  • युवाहरूको प्रतिनिधित्व गर्दै बलियो काँग्रेस बनाउन मेरो वडा सभापतिमा उम्मेदवारी रहने : अयडी

युवाहरूको प्रतिनिधित्व गर्दै बलियो काँग्रेस बनाउन मेरो वडा सभापतिमा उम्मेदवारी रहने : अयडी

  • शुक्रबार, भदौ २५, २०७८
युवाहरूको प्रतिनिधित्व गर्दै बलियो काँग्रेस बनाउन  मेरो वडा सभापतिमा उम्मेदवारी रहने : अयडी

बाजुरा — युवा नेता चक्र बहादुर अयडीले बाजुरा जिल्ला नेपाली काँग्रेस प्रदेश ख को त्रिवेणी नगरपालिका वडा नम्वर ९ को वडा सभापतीमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।

युवा नेता अयडीले नेपाली कांग्रेसको ७ औं जिल्ला अधिवेसन तथा १४ अौ महाधिवेशन लगभग धेरै जिल्लामा सम्पन्न भईसकेको र सुदुर पश्चिम प्रदेशका ३ ओटा जिल्लामा सम्पन्न नभईरहेको अबस्थामा अयडीले अन्तमा आयर आफ्नो उम्मेदवारी सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन । उनले विपी कोइरालाको १०८ औं जन्मजयन्तीको अवसर पारेर आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसका संस्थापक तथा राष्ट्रियता, लोकतन्त्र र समाजवादका प्रणेता महामानव वी.पी. कोइरालाको १०८ औँ जन्मजयन्तीको बिशेष अवसर पारेर आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन ।

युवाहरुको प्रतिनिधिका रुपमा सम्पुर्ण पार्टीका नेता कार्यकर्ताहरुको सम्मान पुर्ण सहभागिता सहितको बलियो काङ्ग्रेस र संगठन निर्माणका लागि आफ्नो उम्मेदवारी रहने उनले बताए । समाजमा रहेका बिकृती बिसङ्गती भ्रष्टाचार विरुद्ध उभिन र पार्टीको आमूल परिवर्तनका लागि आफू सधै सदैव प्रतिबद्ध रहने पनि उनको भनाइ छ । अयडी यश भन्दा अगाडि वडा सचिव भईसकेका हुन ।

चर्चामा

सम्बन्धित समाचार