मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • खारगाडखोलामा झोलुङ्गे पुल नहुँदा आवजाजतमा समस्या

खारगाडखोलामा झोलुङ्गे पुल नहुँदा आवजाजतमा समस्या

खेति योग्य जमिन बर्षेनी नदिको कटानमा

  • बिहिबार, भदौ २४, २०७८
खारगाडखोलामा झोलुङ्गे पुल नहुँदा आवजाजतमा समस्या

बाजुरा — बडिमालिका नगरपालिका ९ मा रहेको खारगाड खोलामा झोलुङ्गे पुल नहुँदा स्थानियलाइ आवजाजतमा समस्या भएको छ । बुधवार मात्र खारगाड खोलाले बगाउँदा बडिमालिका नगरपालीका ३ रजालीकी १२ बर्षीया सिर्जना विक घाइते भएकी छन् ।
बुधबार दिउँसो ३ बजेतिर घरबाट सदरमुकाम मार्तडी आउँदै गर्दा खारगाड खोला तर्ने क्रममा एक्कासी मााथिबाट आएको खोलाले बगाउँदा घाइते भएकी उनका बुवा हरि विकले बताएका छन् ।खोलाले बगाएकी सिर्जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।
खोलामा पुल नहुदा स्थानियले निकै सास्ति भोग्नुपरेको छ । वडा नम्बर ३ बाट नियमित सदरमुकाम मार्तडीा तरकारी, दुध, दाउरा ल्याएर आउने गरेका छन् । खारगाडा नदिमा पुल नहुदा कहिले नदिमा बाट फर्कने गरेको कहिले जोखिम तरिकाले नदि तर्ने गरेको वडा नम्बर ३ का अध्यक्ष बिर बहादुर रावलले वताएका छन् ।
पुलका लागि पहल भइरहेको उनले वताए । बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले भनिन्, नदिको कटान र नदिको माथि बाट पहिरो बग्ने भएकाले तलको बस्ति जोखिममा रहेको वताए । जग्गा धेरै कटान भइसकेको छ, समयमै नदि ब्यबस्थापन नगरे बस्तिनै बिस्थापित हुने बिष्टले वताईन् । ब्यबस्थापनका लागि प्रदेश र संघ सँग समन्वय भइरहेको वताईन् ।
खोलाको कटानले गडखेत टोल पुरै बाढि पहिरोको जोखिममा रहेको छ । गाँउ नजिकै रहेको बाउली, र खारगाडले कटान गर्दै गएपछि ५० परिवार जोखिममा रहेको वडा सदस्य नर बहादुर अयडिले वताएका छन् ।
नदिले पुरै कटान गरिरहेको छ, जग्गा कटान गरिरहेको छ, अब घर जाने अबस्था रहेको जय अयडिले वताएका छन् । खोलामा बाढि आएको दिनमा कुनै दिन नसुत्ने रातभरी जागाराम बस्ने गरेको उनले वताए ।सधैका बर्षमा बाउलि र खारगाडले जग्गा त कटान गरिरहेको छ, अब कुन दिन घर समेत जाने अबस्थामा रहेका छन् । जग्गा भने गडखेतका बासिन्दा मात्र नभई वडा नम्बर ८ र ९ का धेरै परिवारको पर्ने गरेको छ । जग्गा कटान हुदै गएपछि खाद्य संकट उत्पन्न हुदै गएको र बजारको चामल भर पर्ने गरेको उनिहरुले वताएका छन् ।
सधैका बर्ष नदिले कटान गर्दै आएको भएपनि कतै बाट तडबन्दन नहुँदा र नदिको ब्यबस्थापन नभएको स्थानिय प्रकाश अयडिले वताएका छन् । नगरपालिका लगायत अन्य निकायमा पहल गर्दा पनि कतै बाट पनि वास्ता नभएको स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार