• होमपेज
  • कला /साहित्य
  • नेताको मन भित्र जनताको कदर छैन

नेताको मन भित्र जनताको कदर छैन

  • मङ्लबार, भदौ २२, २०७८
नेताको मन भित्र जनताको कदर छैन

यिनी नेताको मन भित्र जनताको कदर छैन,
बिदेशी फौज बोलाउँन सक्छ कत्ति भर छैन।

दुई जिब्रे हुन धेरै जसो यिनै नव लैण्डुपेहरु,
भाग्नेछन एक दिन इन्को यँहा मात्र घर छैन।

साम्राज्यवाद को आस र आधारमा बाँचेका,
आफ्नो देशका जनताको यिनलाई डर छैन।

उठौं जुटौँ अब त अबेरा भयो देशवाशी हरु,
हामिले यिनै गद्धारहरु लाई पाल्न कर छैन।

फर्क नौजवान देश जोगाउँने जीम्मा आयो,
हाम्रो देश भन्दा राम्रो कुनैदेशको सहर छैन।

स्वर्ग तुल्य देशलाई बिदेशकै झोलामा हाले,
साम्राज्यवादकै घुशपैठ नभएको नगर छैन।

ए साथि नभाग छाडेर यो बिपतको बेलामा,
शंघर्ष बिनाकै यो जीवनको कुनै सफर छैन।

चर्चामा

सम्बन्धित समाचार