• होमपेज
  • बडिमालिका
  • ग्रामीण सुधार केन्द्र(आर.आइ.सि) बाजुराको १३ औं साधारण सभा सम्पन्न

ग्रामीण सुधार केन्द्र(आर.आइ.सि) बाजुराको १३ औं साधारण सभा सम्पन्न

  • आइतवार, भदौ २०, २०७८
ग्रामीण सुधार केन्द्र(आर.आइ.सि) बाजुराको १३ औं साधारण सभा सम्पन्न

बाजुरा — ग्रामीण एवं दुर्गम क्षेत्रको पूर्वाधार विकासमा स्थानीय जनसहभागिता नारा रहेको ग्रामीण सुधार केन्द्र बाजुराको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । २०६५ साल मंसिर १५ गते जिल्ला प्रशासन कार्यालय बाजुरामा दर्ता गरी विधिवत रुपमा स्थापना भएको संस्थाको बडीमालिका नगरपालिका सभाहलमा सञ्चालित कार्यक्रममा नेपाली काँग्रेस बाजुराका सभापती कविराज पण्डितको प्रमुख आथित्यतामा सञ्चालित कार्यक्रममा बडीमालिका नगरपालिका प्रमुख पदम बडुवाल, नगर उप प्रमुख कविता विष्ट, अपाङ्ग कल्याण सेवा सघ बाजुरा अध्यक्ष मानबहादुर हमाल, संस्थापक तथा सल्लाहाकार समिति संयोजक विपिन विष्ट, सल्लाहाकार रामचन्द यादव र गोपाल कार्की लगायत संस्थाका कार्य समिति सदस्य र साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष वीरबहादुर विष्टको अध्यक्षतामा सञ्चालित भएको कार्यक्रमको सञ्चालन सचिव बलवान ऐडीले गरेका थिए । साधारण सभाबाट संस्थाको वार्षिक प्रगती प्रतिवेदन र निती तथा कार्यक्रम, आर्थिक वर्ष २०७७ ०७८ को आय व्यय र लेखापरिक्षण प्रतिवेदन स्वीकृत गरी संस्थाको आर्थिक प्रशासन नियमावली, कर्मचारी प्रशासन नियमावली र कर्मचारी आचारसंहिता स्वीकृत गरेको छ ।
विगत वर्षदेखि स्वास्थ्य अधिकार तथा सुर्तिजन्य पदार्थको न्यूनिकरण, मदिराको प्रयोग, सामाजिक कल्याण, विकृति विसंगतीको अन्त्य, युवा तथा वालवालिकाहरुको सशक्तिकरण र खोज अनुसन्धान सम्बन्धी कार्य गर्दै आएको संस्थाको कार्यसमिति समेत गठन भएको छ । संस्थाका निवर्तमान अध्यक्ष वीरबहादुर विष्ट अध्यक्ष रहने गरी १३ सदस्यीय समिति गठन भएको सचिव बलवान ऐडीले जानकारी दिएका छन । साधारण सभाबाट उपाध्यक्षमा विरेन्द्र बहादुर रावल, सचिवमा बलवान ऐडी, सहसचिवमा वीरबहादुर थापा, कोषाध्यक्षमा अमृता सिंह र सदस्यमा जनक थापा लगायत महिला, दलित र जनजाती गरी कार्यसमिति गठन भएकाे उनले बताए ।
संस्थाको संस्थागत विकासका लागि नेतृत्व विकास गरी सामाजिक कल्याणका क्षेत्रमा आर आइ सीको नाम चम्काउन आफ्नो साथ सहयोग र सहकार्य रहने सभापती पण्डितले प्रतिवद्दता व्यक्त गरेका छन । सरकारी नीति तथा कार्यक्रमको कार्यान्वयमा गैरसरकारी संस्थाको अमुल्य योगदान रहने भएकाले जिल्लाको स्वास्थ्य, शिक्षा, रोजगारी, गरिवी निवारण र समानतामुलक समाज निर्माणमा सक्रिय रहन अपील गर्नु भयो । साधारण सभामा शुभ कामना मन्तव्य राख्दै  सल्लाहकार समिति संयोजक विपिन विष्ट, दलित अगुवा कौशल विक, नगर उप प्रमुख कविता विष्ट र नगर प्रमुख पदम बडुवालले साधारण सभा सफलताको शुभकामना व्यक्त गर्दै संस्थाको उज्वल भविष्यको कामना गरेका थिए । संस्थाका गतिविधि सामाजिक विकास र खोज अनुसन्धान कार्यमा केन्द्रीत रहने अध्यक्ष विष्टले प्रतिवद्दता ब्यक्त गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार