शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • अप्राधिहरुलाई अनमुक्ति दिनुमा दोश कस्कोहो?

अप्राधिहरुलाई अनमुक्ति दिनुमा दोश कस्कोहो?

  • आइतवार, भदौ १३, २०७८
अप्राधिहरुलाई अनमुक्ति दिनुमा दोश कस्कोहो?

सुरेशकुमार पान्डे —अहिले देशभित्र पाँच दलको गठबन्धन सरकार भएपनि राजमोले गुण र दोशको आधारमा समर्थन दिने निर्णय गरेकोछ। आफु सरकारमा सामिल पनि भएकोछैन त्यसकारणले यो असलमा चारै दलको सरकारहो।राष्ट्रीय जनमोर्चाले त बाहिर बाट समर्थन दिएको मात्रै हो।त्यो बेला जव ओलि ले प्रतिगामि बाटो छोपेर असम्बैधानिक भयका थिए त्यो बेला देशको अबस्थानुसार ओलि सरकारलाई हटाउँनका अत्यान्तै आबस्याकता देखिएपछि ओलिसरकारको बिक्लपमा वामपन्थिहरुको एकतामा जोड दिएको थियो।पुषको पाँच गते पछि ओलि एक प्रकारले असम्बैधानिक र तानाशाहि ब्यबहार गर्न थाले त्यो मात्रै होईन उनले मनोमानि प्रकारले संसद भङ्ग गर्दै निर्वाचन तोक्दै मन्त्रि मण्डलमा फेरबदल गर्ने र नागरिकता बिध्यायिका ल्याएर देशलाई फिजि बनाउँन थालेकै बेला उन्लाई हटाउँनै पर्ने देखियो।
तर त्यो बेला नेपाली कांग्रेस,एमाले बाट फुटेका र केहि मधेशवादीहरुले आ-आफ्ना पार्टीहरु बाट फुटेर भयपनि ओलिको प्रतिगामि कदमको बिरोध गरेका थिए।त्यो बेला एउटा देश भक्त जनतान्त्रिक शक्तिले ति दलहरुलाई समर्थन गरेर प्रतिगमन हुँनबाट जोगाउँनुनै सहि नीति हुन्थ्यो र राजमोले त्यहि गय्रो।कयौं ब्याक्तिहरुले राजमोले कांग्रेसलाई साथ दिएर ओलिलाई हटाउँनु गलतहो पनि भने तर ओलिलाई असम्बैधानिक र तानासाह पनि भन्दै सराप्न छोडेनन्।यदि ओलिले प्रतिगमनको बाटो छोपेका थिएभने उन्ले भिरेको कम्युनिष्ट लोगोकै आधारमा देशलाई प्रतिगमन हुँदा चुप लागेर बस्ने कि बिरोध गर्ने?यदि बिरोध त्यो बेला नेपाली कांग्रेसले गय्रो भन्दैमा उस्को साथ नदिने बिचार गलत हुन्थ्यो।पार्टीले त्यो बेला अप्नाएको कार्य ऐतिहाशिक रुपमा ठिक थियो।गुण र दोशको नियम अनुसार पार्टीले सरकारले गलत गरेपछि त्यस्को भण्डा फोर्ड पनि गर्नै पर्छ र गर्दै आएको पनिछ।कम्रेड चित्र बहादुर केसीले पहिलेनै भनिसक्नु भयकोछ।अहिले प्रतिगमन सच्चिएपनि खतरा बरकरारछ।र एमसीसी को खतरापनि रहिरहेकोछ।यो सरकारलाई गुण र दोशको आधारमा समर्थन र बिरोध गर्ने अधिकार हामिमा छ।”तर यति हुँदा पनि सबैभन्दा बढि बिरोध हाम्रै संगठनमा असन्तुस्ट भयका कयौँ साथिहरुले वा कार्वाहीमा पर्नु भएका साथिहरुले गर्दै आउँनु भयकोछ।
एम सीसी पारित हुनथालेमा सरकारबाट समर्थन फिर्तालिने पनि बारमबार भनिएकोछ।अर्को अहिले अप्राधिहरुलाई अन्मुक्ति दिने काम नेपाली कांग्रेसको आगमन संगै चर्चामा आएकोछ त्यसको पनि पार्टीले बिरोध गर्दै समय-समयमा सरकारलाई चेतवानी दिंदै आएकोछ।कयौँ कुराहरु बिगतमा ओलिले तैयार पारेर उनिहरुको अन्मुक्ति बारे फाईलहरु पारित गरेर पठाई सकेका कुराहरु आएकाछन।यसबारे पनि गम्भिर हुँनैपर्ने हुन्छ कतिपय बिषयमा पुरानो सरकारले लागु गरेका बुँदाहरुलाई नयाँ सरकारले उल्टाएका कयौं उधारणहरुछन।त्यसकारण ति बिषय बस्तुबारे पनि छलफल गर्ने र सरकारले गरेका गलत कृयाकलापको बिरोध र भण्डाफोर गर्नुपर्ने नितान्त आबस्याकता देखिन्छ।राजमोको निस्पक्षिय छबी र क्रान्तिकारी स्पृटलाई ध्यानमा राख्दै राजमोले त्यसबारे पनि आफ्ना सहि र ठोंस दृष्टीकोण अप्नाउँदै आएकोछ।कुनै पनि राजनीतिक पार्टी जस्ले देश र जनताको हितमा लगातार काम गरेको हुन्छ उस्ले दोश र गुणको आधारमा कसैको समर्थन र बिरोध गर्नेगर्छ यहि नै मार्क्सवादी लेनिनवादी नीति पनिहो।आफ्नो बर्गको र देशको हितमा हुँने कृयाकलापको पक्षमा सधै शंघर्ष गर्दै आएको लामू ईतिहाश पार्टीकोछ।पार्टीको लोगों भिय्रो भन्दैमा देश का दुश्मन आफ्नो बर्ग हुँदैन।तर समग्रमा बर्गिय मित्र भनिसकेपछि एकता शंघर्ष र एकताको नियम लागु हुन्छ।र दुश्मन शक्ति संग शंघर्ष एकता र शंघर्ष को नीति लागु हुन्छ भन्नेमा कसैको दुईमत नहोला।
कंयौँ साथिहरुले उठाउँनु भयको राम्रा मुद्धाहरु लाई पार्टीले वेहिचक आत्मासाथ गरेर जानेछ।तर पार्टीको अनुसाशन बिरुद्धमा उठेका मनमर्जीका कुरा,गालि गलौच जस्ता प्रकृयाहरु लाई लेखेर पार्टीलाई बद्नाम गर्ने उदेश्यले सधैभरी बिरोधको लागि बिरोध गर्नुलाई कहिलेपनि बर्दास्त हुँनेछैन।
पार्टीले लामू समय देखि सैधान्तिक शंघर्ष गर्दै आएको पृष्ठभुमि हुँदा हुँदैपनि ब्याक्तिगत गालि गलोच गर्ने ब्याक्तिको चरित्रहत्या गर्ने जस्ता घृणित कृयाकलापहरु नगर्न सबै साथिहरु लाई अनुरोध गरिन्छ।कयौं मित्रहरुले लेख बिचारलाई गहिरोगरि नबुझेर मैसिञ्जरमा आएर पार्टीका हनूमान भन्ने धम्कि दिने जस्ता कृयाकलाप गर्दै आउँनु भयकोछ।यस्तो बितण्डकारी गतिबिधिलाई हामिले गलत भन्छौँ।सैधान्तिक राजनीतिक रुपमा मैत्रिपुर्ण तरिकाले अनुसाशित भएर प्रस्तूत हुँन अनुरोध गरिन्छ।गलति गरेपछि हाम्रै बर्गको मानिसहो भनेर छाड्ने ब्यबहार गलत हुनेछ।हामिले सधैभरी सबैसाथिहरु संग ईमानदारी पुर्वक मैत्रिपुर्ण ब्यबहार गर्दै आएको ब्यबहार कसैबाट लुकेकोछैन।
अहिले पनि राष्ट्रीयता गणतन्त्र र जनजीवीकाको बारेमा हामि सजग र सचेत छौँ।कयौँ साथिहरु यस्तो देशको संकटको अबस्थामा पनि पार्टी र संगठनको सिधान्तबिपरित कार्या गर्दै हिँड्नु भयकोछ।उँहाहरुले नै धेरैजसो पार्टीलाई अनाबस्याक भ्रम दिने काम गर्दै समानतर संगठन निरमाण गर्दै आउँनु भयकोछ।त्यो कार्यलाई कसरि ठिक भन्न सकिन्छ।जुनघरमा बस्नु भयकोछ त्यसैको खैरो खन्ने प्रबृति सबैभन्दा खराबहो।पहिले ओलिको सरकारमा कयौं गलत कृयाकलापहरु गरिए नागरिकता बिधायक जस्ता जो सर्वोच्चमा बिचारधिन छन त्यहि प्रकारले अप्राधिहरुको अनमुक्तिको प्रश्नहरु पनि पछिल्लो सरकारको पालामा गरिएको गलतिको परिणाम हो तर पनि पार्टी संगठन गलतकामको भण्डाफोर्ड र बिरोध गरेर जानेछ र जानुपर्दछ।

चर्चामा

सम्बन्धित समाचार