मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले बिभाजन पछि बाजुराका माथिल्लो तहका नेता एकै ठाउँमा

नेकपा एमाले बिभाजन पछि बाजुराका माथिल्लो तहका नेता एकै ठाउँमा

  • आइतवार, भदौ १३, २०७८
नेकपा एमाले बिभाजन पछि बाजुराका माथिल्लो तहका नेता एकै ठाउँमा

बाजुरा — नेकपा एमाले बिभाजन पछि बाजुराका माथिल्लो तहका सबै नेता एकै ठाउँमा देखीएका छन । माधब नेपालले नयाँ पाटि दर्ता गरे सँगै बाजुरा नेकपा एमालेमा माथिल्लो तहका नेता उभिएको देखीन्छ । नेकपा एमाले बिभाजन गरी गएको समाजादी पार्टीमा तल्लो तहका नेतहरुको उपस्थिीती रहेको देखीन्छ भने केन्द्रीय नेताहरु बाजुराबाट निर्बाचित सांसदहरु भने नेकपा एमालेमै रहेका छन । नेकपा एमाले बाजुराका प्रभावशाली नेताहरु कणर् बहादुर थापा, लाल बहादुर थापा, प्रकाश शाह र बल्देव रेग्मी नेकपा एमालेको एकै धारमा उभिएका छन । ५८ जना जिल्ला कमिटिमा जिल्ला कमिटि सदस्य पुर रावत मात्र नेकपा एमाले समाजवादी खुलेका छन् ।
५८ जना मध्ये ५० जना प्रस्ट नेकपा एमालेमै रहेका छन् । बिचमा रहेका ६ जना प्रकाश शाह तथा भिम रावल जतातिर रहे उतै लागेका देखिएका छन् ।
नेकपा एमालेको अन्तिम बैठक २०७४ माघ १८ गते सम्पन्न भएको थियो । उक्क्त बैठकमा नेकपा एमाले जिल्ला कमिटिमा ५८ जना सदस्य रहेको पाईएको छ । जसमा २ जना जिल्ला कमिटि सदस्य टिका बिक बिनोद कुमार बिकको मृत्यु भइसकेको छ । ५६ जनाको जिल्ला कमिटिमा नेकपा एमालेमा ५५ जना र १ जना पुर रावत मात्र नयाँ पाटिमा लागेका छन् ।
नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष कालि बहादुुर शाहिले भने केही एकदुई जना भन्दा बाहेक सबै नेकपा एमालेमा रहेको वताएका छन ।

चर्चामा

सम्बन्धित समाचार