शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अर्थ
  • आज कुन देशको मुद्राको विनिमय दर कति छ ?

आज कुन देशको मुद्राको विनिमय दर कति छ ?

  • शुक्रबार, भदौ ११, २०७८
आज कुन देशको मुद्राको विनिमय दर कति छ ?

नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर ११८ रुपैयाँ ४५ पैसा र बिक्री दर ११९ रुपैयाँ ०५ पैसा रहेको छ । यस्तै आज युरोपियन युरो एकको खरिद दर १३९ पैयाँ ४८ पैसा र बिक्री दर १४० रुपैयाँ १९ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ ७४ पैसा र बिक्री दर १६३ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै स्वीस फ्रेङ्क आज एकको खरिद दर १२९ रुपैयाँ ३६ पैसा र विक्री दर १३० रुपैयाँ ०२ पैसा रहेको छ भने अष्ट्रेलियन डलर आज एकको खरिद दर ८५ रुपैयाँ ९९ पैसा र बिक्री दर ८६ रुपैयाँ ४३ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ९९ पैसा र बिक्री दर ९४ रुपैयाँ ४६ पैसा रहेको छ भने आज यता जापानी यन १० को खरिद दर नेपाली १० रुपैयाँ ७६ पैसा र बिक्री दर १० रुपैयाँ ८२ पैसा रहेको छ ।

आज चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २७ पैसा र बिक्री दर १८ रुपैयाँ ३७ पैसा रहेको छ । यता साउदी अरेबियन रियाल आज एकको खरिद दर ३१ रुपैयाँ ५८ र बिक्री दर ३१ रुपैयाँ ७४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर अधिकतम ३२ रुपैयाँ ५३ पैसा र बिक्री दर ३२ रुपैयाँ ७० रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार