शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • शिक्षा
  • इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क नलिन शिक्षा समितिको निर्देशन

इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क नलिन शिक्षा समितिको निर्देशन

  • मङ्लबार, भदौ ८, २०७८
इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क नलिन शिक्षा समितिको निर्देशन

काठमाडौं — संसदको शिक्षा तथा स्वास्थ्य समितिले इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ ।

कक्षा १२ को परीक्षा सम्बन्धमा, इञ्जिनियरिङ्ग कलेजको शुल्कका सम्बन्धमा मंगलबार बसेको समितिको बैठकले इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क विदाई, स्वागत, भ्रमण, खेलकुद जस्ता अतिरिक्त शीर्षकको शुल्क नलिन निर्देशन दिएको हो ।

समिति सभापति जयपुरी घर्तीले कलेज बन्द भएको अवस्थामा कलेजले विदाइ, स्वागत, भ्रमण, खेलकुद जस्ता अतिरिक्त शीर्षकका शुल्क लिनु वैज्ञानिक नभएको भन्दै उक्त शीर्षकको शुल्क नलिन निर्देशन दिइन् ।

शुल्क बढी लिएको भन्दै त्रिवि सम्बन्धन प्राप्त उपत्यकाका १० इन्जिनियरिङ कलेजका विद्यार्थी आन्दोलित छन् ।

चर्चामा

सम्बन्धित समाचार