शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • कस्तो हो?”नयाँ मोडेलको समाजवाद!”

कस्तो हो?”नयाँ मोडेलको समाजवाद!”

  • आइतवार, भदौ ६, २०७८
कस्तो हो?”नयाँ मोडेलको समाजवाद!”

सुरेशकुमार पान्डे — डा.बाबुराम भट्टराईले अब नयाँ मोडलको समाजवाद बनाउँने संकेत गरेकाछन।”हामि कोई माओवादी कोई एमाले भयौँ र चुनावी लालचमा फुट गुटमा अलमलिन पुंग्यो।अब कम्युनिष्टहरुले नँया प्रकारको समाजवादको लागि अगाडि बढ्नुपर्छ।”भनेकाछन।हिंजो नेकपा मसाल बाट छिट्टै नौलोजनवादी क्रान्ति गर्न भनेर छुट्टिएका बाबुराम भट्टराई जी माओवादी हुँदै जनशक्ति जनता समाजवादी पार्टी सम्म पुगेर कम्युनिष्टको भारि बिसाई सकेकाछन।उन्ले देशको प्रधानमन्त्री समेको स्वाद चाखेका बाबुराम अहिले कसरि फेरी प्रधान मन्त्री बन्न सकिन्छ त्यो दाउँमा छन।
आखिर कस्तो हो?त्यो कम्युनिष्ट पार्टी छाडि सकेपछि बनाउँने समाजवादी ब्यबस्था!त्यो बुझ्न त्यो त्यति सजिलोछैन किन कि उनि कम्युनिष्ट सिद्धान्त बाट पतित भएको धेरै भैसक्यो।अँझैपनि कम्युनिष्टकै नाउँमा राजनीति गर्ने दाउँमाछन।यिनि पनि भट्टराईले धेरै पहिले लेखेका “बेला बखतका कुरा”नै हुँन।यहि त हो पाखण्डिपन बेला बखतका कुरा।कुन बर्गिय चरित्रको समाजवादी ल्याउँन खोजेकाछन?यो बुझ्न गारोछैन उन्को बर्ग पुँजिपति हो।पुँजिवादी ब्यबस्था अन्तरगतको नयाँ मोडेलको समाजवादी ब्यबस्था ल्याउँने संकेतहो।
बाबुराम भट्टराई भारत परस्त भएको माओवादी आन्दोलन ताकहो,भारत बिरुद्ध सुरुङ खन्ने बाट लिएर भारत परस्त “रअ”का एजेन्ट भएको बेच समेत भिरिसकेका बाबुराम भट्टराईले असमान सन्धि सम्झौता खारेज गर्ने जस्ता नाराहरु खुबै घनकाए त्यो मात्रै होईन थुप्रै लेखहरु पनि लेखेका थिए।उनै पछि बिप्पा सम्झौताका मतियारा पनि बने।उन्ले खोजेको समाजवाद कस्तो होला भन्नेकुरा उन्को ब्यबहारले प्रष्टपार्नेछ।
हाम्रो देशमा सोजा ईमानदार जनताहरु छन उनिहरुले अरुलाई पनि आफु जस्तै ईमान्दार ठान्छन।स्वभाबिक रुपमा जो ईमान्दार हुन्छ त्यो वेमान हुँदैन त्यसकारण आर्कालाई पनि आफु जस्तै ठान्छ।तर मौका ढुकेर बसेका मौका परस्तहरुले सदैभरी जनतालाई छक्काउँने काम गर्छ।
जनताको सकारत्मक सोंचे गर्दा कयौँ नेताहरुले त्यसको फाईदा उठाउँदै आएकाछन।पार्टीको नाम क्रान्तिकारी राखेर देशमा क्रान्ति हुँदैन,संघिय समाजवाद राखेर यँहा समाजवाद आउँदैन।यसो नेताहरुले जनताको आँखामा छारो हाल्ने प्रयात्नमा गर्छन।
हिंजो नयाँ जनवादी क्रान्तिको लागि स्थापना भएको नेकपा लाई बिभिन्न समयमा सिखरमा पुगेका नेताले आ-आफ्नो स्वार्थ अनूकुल बनाउँने प्रयात्न गर्दै आएकाछन।नयाँ जनवादलाई बहुदलिय जनवादया परिणित गरेका मदन भन्डारी आज हाम्रो माझमा नभयपनि पटक-पटक उन्ले गरेको प्रतिबादनले जनतालाई धोखा हुँदै आएकोछ।त्यस्तै प्रकारले प्रचण्ड र बाबुरामले आफु माझिएको र खारिएको बहुदलिय ब्यबस्था भनेर कम्युनिस्टको आधार भुत सिद्धान्तलाई त्यागे।देशलाई बर्गिय आन्दोलन बाट जातिय आन्दोलनमा यिनैले डोराए।थोरै बुद्धि पुराएको भए देशमा संघियता आउँने थिएन र अहिले देशमा बिकास हुँनेथियो।
आर्थिक भोगौलिक रपबाट पनि संघियता देशको हितमा छैन तरपनि उनिहरुले संघियतालाई लागु गराएर छाडे।आयश्रोतको नाउँमा प्रवासी नेपालिहरु बाट आउँने रेमिटेन्सिको अलावा अरु केहिछैन।तर देशलाई आठौटा सरकार र नौवटा संदन धान्नुपरेकोछ।त्यो यिनै नेताहरुको देनहो।
देशलाई आत्मनिर्भर बनाएर देशमा युवाहरुलाई रोजगारको ब्यबस्था गर्नु पर्नेमा।देशलाई फिजि करण गरेर सिक्किम जस्तै बनाउँन तल्लिन भएका देश का दुश्मनहरुले देशमा संघिमता लगु गर्न बिदेशी खास गरेर अमेरिकि साम्राज्यवाद सँग एमसीसीको सम्झौता गरेकाछन।
अहिले त्यसैको जस कस्ले लिने बारे होड चलेकोछ।राम्रो चलेको दुई तिहाईको संसदलाई बिघटन गराएर ओलिले गरेको असम्बैधानिक जनघात र प्रतिगामि ब्यबहारले जनता आक्रोसमा छन।देशलाई प्रतिगमनको तर्फ लैजाने ओलिको मनसाएमा पूर्ण बिराम लागेतापछि उन्को पार्टी फुट्यो।यो पार्टीलाई टुक्रा पार्ने पार्टीकै धेरैजसो जिम्मेवार नेताहरु थिए।तर ओलिले जुन त्यो आधार बनाईदिए त्यसबारे सबैलाई अबगतनैछ।जनताले अहिले पनि कम्युनिष्टको सरकार चाहान्छन र मौका परस्तहरुले त्यसको फाईदा उठाउँने सदैभरि प्रयात्न गर्दै आए।त्यसैको अर्को कढिको रुपमा ल्याएको समाजवादी राजनीति हुनसक्छ।अहिलेको कम्युनिष्ट लाई धेरै पहिले छाडेका डा.बाबुराम अहिले समाजवादका कुरा गर्दैछन।त्यसलाई उपरोक्त कडिको रुपमा बुझ्नुपर्दछ।
उन्ले भनेको समाजवाद कम्युनिष्टको जस्तो समाजवाद नभएर संसदिय राजनीतिहो जस्मा उनि प्रधान मन्त्री बन्न सकुन।त्यहि मनसाएले कहिले वल्लो तिर कहिले पल्लो तिर हुँदै अगाडि बडेकाछन।कहिले हामिले जातिय परिवर्तन गर्नुपर्छ भन्छन कहिले मधेशवादी सँग मिल्छन।सांच्चै भन्नेहो भने उनि सत्ता बिन बेचयन भएकाछन।
नेकपाले भन्ने नौलो जनवादि ब्यबस्था मुलतःपुँजिवादी भयपनि त्यसमा सर्वहारा बर्गको नेतृत्व र मिहेनत कस बर्गको अधिनायकत्वो यानिकी अहिलिको पुँजिवादी गणतन्त्रको ठिक उल्टो ब्यबस्थालाई हो तर अहिले यिनिहरुको हातमा कमान आएपछि त्यहलाई बदलेर बहुदलिए जनवादलाई नयाजनवाद भनेर जनतालाई भ्रमित पार्ने गरेको देखिन्छ।अब उनिहरुको दृष्टकोणमा समाजवाद भनेको आफु मन्त्री र प्रधान मन्त्री बन्नुहो।
मार्क्सवाद लिनिनवादी सिधान्त अनुसारको समाजवाद सम्म पुग्नलाई पहिले न्युनतम नौलो जनवादको क्रान्ति हुँनुपर्छ।त्यसकारणले यि नेताहरु सात जिब्रे हुँने भएकोले यिनको बिस्वास गर्ने ठाउँछैन।

चर्चामा

सम्बन्धित समाचार