शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • फुटबल
  • लियोनेल मेसीले प्रयोग गरेर फ्याँकेको टिस्यूको ११ करोड

लियोनेल मेसीले प्रयोग गरेर फ्याँकेको टिस्यूको ११ करोड

  • शुक्रबार, भदौ ४, २०७८
लियोनेल मेसीले प्रयोग गरेर फ्याँकेको टिस्यूको ११ करोड

लियोनेल मेस्सी बार्सिलोनाबाट बाहिर निस्कने घोषणा सबै फुटबल प्रशंसकका लागि एक भावनात्मक क्षण थियो । अर्जेन्टिनाका सुपरस्टार एफसी बार्सिलोनाबाट जानु त्यतिबेला थप भावुक भयो जब मेसी आफ्नो विदाई भाषणका बेला टुटे । आफ्नो बिदाईमा उनको आँखामा आँसु छल्किए । बार्सिलोनाका दर्शक र मिडिया सदस्यले उभिएर डेढ मिनेटभन्दा बढी समयसम्म प्रशंसा गरे किनभने उनी मञ्चको नजिकै उभिएका थिए । जब मेसीको तरिफ गरिँदै थियो तब उनले आफ्नो आँसु रोक्न सकिरहेका थिएनन् ।

त्यतिबेला उनकी श्रीमती एन्टोनेलाले उनलाई आँसु पुछ्नका लागि टिस्यू पेपर दिइन् । अब रिपोर्टका अनुसार मेसीको आँसुले भरिएका यी टिस्यू पेपर करिब १० लाख अमेरिकी डलर (११ करोड रुपैयाँ) मा बिक्रिमा राखिएको छ । एक अज्ञात व्यक्तिले दाबी गरे अनुसार उनले प्रयोग गरेका टिस्यू जम्मा गरिएको छ र यी टिस्यूका लागि महँदो दरमा बिक्रीका लागि अनलाइन विज्ञापन दिइएको छ ।

मेकेडुयो नामका एक व्यक्तिले मेसीले प्रयोग गरेको टिस्यू बेचिरहेका छन् । यी व्यक्तिको दाबी अनुसार यसमा मेसीको जेनेटिक पनि समावेश छ जसले मानिसहरुलाई फुटबल खिलाडीको क्लोन बनाउनका लागि अनुमति दिनेछन् । ३४ वर्षका यी खिलाडीले २१ वर्ष बार्सिलोनासँग बिताएपछि यसबाट बिदा भएका छन् । अब उनी आफ्नो नयाँ टिम पेरिस सेन्ट–जर्मेनका लागि खेल्नेछन् ।

लियोनेल मेसी ६७२ गोलसहित बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने खिलाडी हुन् । उनले बार्सिलोना क्लबसँग ७७८ खेल खेले, जुन एक रेकर्ड हो । उनी ५२० म्याचमा ४७४ गोलसहित स्पेनिश लीगमा पनि शीर्ष स्कोरर हुन् । बार्सिलोना छोडेपछि लियोनल मेसीले उनी अर्को एउटा च्याम्पियन्स लीग ट्रफी जित्नका लागि सही स्थानमा पुगेका छन् र उनले पेरिस सेन्ट जर्मेनसँगग जोड्ने एक महत्वपूर्ण कारण नेमारसँग मिलेर खेल्ने बताए ।

चर्चामा

सम्बन्धित समाचार