शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • बाजुरा जिल्लाबाट अति बिपन्न ४ बालबालिकाको उद्दार ।

बाजुरा जिल्लाबाट अति बिपन्न ४ बालबालिकाको उद्दार ।

  • सोमवार, साउन ३२, २०७८
बाजुरा जिल्लाबाट अति बिपन्न ४ बालबालिकाको उद्दार ।

खेमराज साउँद — बागलुङ जिल्ला कांठेखोला गाउंपालिका वडा ५ मा अबस्थित करलिम आधारभुत बिध्यालयमा सोही स्थानबाट विभिन्न देश बिदेश रहनुभएका स्थानियहरुको संयुक्त पहलमा कक्षा १० सम्मको निशुल्क शिक्षा स्वास्थ्य, आवास लगायतका शुबिधा दिएर देशका विभिन्न बिकट ठाउंका अति बिपन्न परिवरका बालबच्चाहरुलाई ल्याइ पढाउने कार्यक्रम अन्तर्गत बाजुरा जिल्लाबाट समेत ४ जना बालबालिकाहरुलाइ उक्त बिद्यालयमा लगिएको छ, स्थानिय समाजसेवी खेमराज साउद तथा बिद्यालयका प्रतिनिधि सोम शर्मा आंफै आइ उक्त बिध्यार्थिहरुको उद्दार गरि लगेका छन । उक्त बिध्यार्थिहरुलाइ उचित शिक्षा दीक्षा र पालनपोषण दिने सो बिध्यालयका प्रधानाध्यापक लिला कंडेल बताउंछन, साथै उक्त बालबालिकाको निशुल्क शिक्षा दिने योजनाका मुख्य योजनाकार लक्ष्मण दत्त सुबेदीले हामि बिदेशी भुमिमा यसरी दुख गरेका सम्झिरहंदा आफ्नै देश र ठाउंमा कोहि शिक्षाको अभावको कारणले भबिष्य अन्धकारमा नपरुन भन्ने उद्देश्यले देशैभरिका बालबालिकालाइ बरु आफ्नो सबै थोक बेचेरै भएपनी पढाउने बताउंछन, हालसम्म उक्त कार्यक्रमको लागि भनेर २ करोड जति रकम संकलल भैसकेकोले सम्पुर्ण बालबालिकाको भबिश्य सुधार्नमा कुनै कसर बांकी नराख्ने समेत उनको तर्क थियो । आफ्नै जिल्लाका बालबालिकाहरुको निकै दयनिय अबस्था भएकोले यहांबाट पनि बालबालिका हाल्ने भनी आएका हौं, धेरै हेरेउ तर अन्तमा निकै दुख पाएका बच्चाहरु छानेर लग्न लागेका छौ, यस कार्यक्रमलाइ सफल पार्न आफ्नै गृह जिल्ला आएका खेमराज साउद भन्छन । उनी थप्छन यो जिल्लाबाट पनि त्यसरी शिक्षा दिंदै गर्दा यिनै बालबालिका निकै ठूलो मान्छे बनेर यो देशको कर्णदार पनि त हुन सक्छन, यसरी निशुल्क अध्ययन गराएर बालबालिकाको भबिष्य उज्ज्वल बनाउन खोज्ने यस अभियानका सबैलाइ धन्यबाद समेत दिए ।

चर्चामा

सम्बन्धित समाचार