शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • फुटबल
  • मेस्सीलाई घरेलु मैदानमा भव्य स्वागत, डेब्युका लागि केही प्रतीक्षा गर्ने

मेस्सीलाई घरेलु मैदानमा भव्य स्वागत, डेब्युका लागि केही प्रतीक्षा गर्ने

  • आइतवार, साउन ३१, २०७८
मेस्सीलाई घरेलु मैदानमा भव्य स्वागत, डेब्युका लागि केही प्रतीक्षा गर्ने

लियोनल मेस्सीले पेरिस सेन्ट जर्माइन (पीएसजी) बाट डेब्यु खेलका लागि केही प्रतिक्षा गर्नुपर्ने हुनसक्छ । तर उनले घरेलु मैदानमा आफुलाई अद्भूत स्वागत मिलेको बताएका छन् ।

शनिबार ‘प्रास देस प्रिन्सेज’ मैदानमा स्ट्रार्सवर्गगको सामना गर्नुअघि पीएसजीले मेस्सीसहितका आफ्ना ५ नयाँ खेलाडीलाई समर्थकमाझ सार्वजनिक गरेको थियो । पीएसजीले यस सिजन सर्जियो रामोस, जर्जियनियो विज्नाल्डम, असरफ हामिकी र गियानलुईगी डोनारुम्मालाई पनि क्लबमा भित्र्याएको थियो ।

यस खेलअघि यी खेलाडीहरु रंगशालामा वरपर घुमेका थिए । तर, मेस्सीले आफ्नो डेब्युका लागि भने अझै केही समय पर्खनुपर्नेछ किनकी कोपा अमेरिका खेलेर फर्किएपछि उनले राम्ररी प्रशिक्षण गर्न पाएका छैनन् । उनले पीएसजीमा केवल दुई दिनमात्रै प्रशिक्षण गरेका छ । पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिन्होले यहीकारण मेस्सीको खेल हेर्न केही समय कुर्नुपर्ने बताए ।

लिग वानमा स्ट्रार्सवर्गलाई पीएसजीले ४–२ ले हरायो । पीएसजीबाट माउरो इकार्डी, कालियन एमबाप्पे, जुलियन ड्राक्सलर र पाब्लो साराबियाले एक–एक गोल गरे । स्ट्रार्सवर्गबाट केभिन गामिरो र लुडोभिक अजोक्र्युले एक–एक गोल गरे ।

चर्चामा

सम्बन्धित समाचार