शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • कोरोना कहरमा बिधालय बन्द भएपनि सदरमुकाम चैन्पुरमा ट्युसन कलास जान रोकिएन

कोरोना कहरमा बिधालय बन्द भएपनि सदरमुकाम चैन्पुरमा ट्युसन कलास जान रोकिएन

  • शनिबार, साउन ३०, २०७८
कोरोना कहरमा बिधालय बन्द भएपनि सदरमुकाम चैन्पुरमा ट्युसन कलास जान रोकिएन

अर्थ जङ्ग शाही/बझाङ्ग — कोरोना महामारीले केही दिन बिचमा मष्टा, तलकोट, साइपाल र खप्तडछान्ना गाउँपालिकामा बिधालय सञ्चालन भएपनि, नेपालमा बढ्दो कोरोना देखिएपछि पुन बिधालय बन्द भएका छन् भने सदरमुकाम चैन्पुरमा ट्युसन कलास जान रोकिएको छैन्।

साथै सोमबार जिल्ला प्रशासन कार्यालय बझाङमा बसेको डिसिसिएमसीको बैठकले अहिले भौतिक उपस्थिति गराएर सञ्चालनमा रहेका विद्यालयहरू पनि बन्द गर्नको लागि सबै स्थानीय तहहरूमा परिपत्र गरेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो ।

तर सदरमुकाम चैन्पुरमा ट्युसन कलास धमाधम लागेको हुदाँ यस बिषयमा प्रशासनको छिटो भन्दा छिटो ध्यानआक्रषण होस् भन्ने स्थानियबाँसीको एक आपसमा गुनासो चलिरहेको छ।

यो समयमा पढ्नु भन्दा पनि ज्यान बचाउँन निकै गार्हो भएको हुदाँ ट्युसन कलास बन्द गर्नु नै उचित रहेको एक स्थानियबाँसी मनोज सिँहले बडिमालिका खबरलाई बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार