शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराको धार्मिक पिठ बडिमालिकामा यसपटक औपचारीक पुजा नहुने

बाजुराको धार्मिक पिठ बडिमालिकामा यसपटक औपचारीक पुजा नहुने

  • बुधबार, साउन २७, २०७८
बाजुराको धार्मिक पिठ बडिमालिकामा यसपटक औपचारीक पुजा नहुने

बाजुरा — बाजुरा जिल्लाको धार्मीक स्थल बडिमालिका मन्दिरमा औपचारीक पुजा नहुने भएको छ । कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गरी औपचारीक पुजा नहुने भएको हो ।
जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सो निणर्य गरेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन । अनिबार्य नित्य पुजा बाहेक अनाआबसेक भिडभाड हुने गरी पुजा नगरिने प्रमुख जिल्ला अधिकारीले बताए ।
यस पटक बडिमालिका लगायत जिल्लाका धार्मिक पिठहरुमा पनि अनाआबस्यक भिडभाड नगरी साधारण पुजापाठ मात्रै गर्न जिल्ला सुरक्षा समितिले अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले छिमेकी जिल्ला डोटी, अछाम कालिकोट मुुगु लागयतका जिल्ला प्रशासन कार्यालयहरुमा समेत जानकारी गराएको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताएका छन । छिमेकी जिल्लाबाट पनि बिषेश पुजा गर्ने बाहेक अन्यलाई बडिमालिका प्रबेश नगराउन जिल्ला सुरक्षा समितिले अनुरोध गरेको छ ।
बाजुरा जिल्लाका दर्जन बढि धार्मीक पिठहरुमा जनै पुणर्िमाको अबसरमा पुजा तथा मेला लाग्ने गरेका छन । बाजुरा जिल्लामा एकै साथ पुजा तथा मेला लाग्ने ठाउँहरुमा बडिमालिका, बुढिनन्दा, स्वामिकार्तिकको राताकोट, खप्तड छेडेदह गाउँपालिकाको बडालेक त्रिबेणी नगरपालिकाको नाटेश्वरी लगायतका क्षेत्रमा ठुल्ठुला मेला तथा पर्ब हुने गर्दछन ।

https://badimalikakhabar.com/wp-content/uploads/2021/08/%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0.pdf

 

चर्चामा

सम्बन्धित समाचार