बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • जनताका समस्या बुझ्न प्रजिअ अधिकारी दुर्गम गाउँमा

जनताका समस्या बुझ्न प्रजिअ अधिकारी दुर्गम गाउँमा

  • शुक्रबार, साउन २२, २०७८
जनताका समस्या बुझ्न प्रजिअ अधिकारी दुर्गम गाउँमा

पदम सिंह–बाजुराको सर्वाधिक बिकट गाउँका समस्या तथा विकासका गतिबिधि बारे बुझ्न प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी दुर्गम बस्तिमा पुगेका छन् । सदरमुकाम मार्तडी बाट टाढा रहेका पुर्वोउत्तरी क्षेत्रका स्थानिय तहका गाउँमा अधिकारी सहितको टोलि पुुगेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । दुर्गम गाउँमा पुगेर प्रजिअको टोलिले जनताको जिवनस्तर, शान्ति सुरक्षा र विकासका बारेमा छलफल गरेका छन् ।


अधिकारीले बुढिनन्दा नगरपालिका, जगन्नाथ गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिका बस्तिमा पुुगेर राज्यले दिने सेवा सुबिधाका बारेमा समेत छलफल गरेका हुन् । बाढीपहिरोले अबरोध बनाएको मार्तडी कोल्टि सडक, कर्णालि करिडोर लगायत स्थानिय सडकहरुको अबस्था अनुगमन समेत गरेका छन् । थोरै काम गरेर सञ्चालन आउने ठाउँमा रहेका सडक सुधारका लागि सम्बन्धित निकायलाई काम गर्ने प्रजिअ अधिकारीले निर्देशन दिएका छन् ।
बाढीपहिरो बाट बिस्थापित तथा जोखिम परिवारको अबस्था समेत अनुगमन गरेका छन् । हिमाली गाउँपालिका ४ का धनमल बुडथापाले भने सिडियो साप हाम्रा समस्या बुझन् गाउँमा पहिलो पटक आउदा निकै खुशी भएको वताए । हामीले उहाँलाई हाम्रा समस्याका बारेमा जानकारी गराएका छौ, केही समस्या समाधान हुनेमा बिश्वत रहेको धनमलले वताए ।


प्रजिअले दुर्गम गाउँबस्तिका समस्या सँगै स्थानिय तहमा रहेका सरकारी कार्यलय कोभिड अस्पताल समेतको अनुगमन गरेको छ । तेस्रो लहरको कोभिड भेरिअन्ट फैलन सक्ने अबस्थालाई मध्यनजर गर्दै स्वास्थ्य संस्था र कोभिड अस्पतालमा जनशक्ति र पुर्वाधारको अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले वताएका छन् । सबै स्थानिय तहमा तयारी अबस्था रहन समेत निर्देशन दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले भने जनताका समस्या मात्र बुझ्ने काम मात्र नभइ समस्या समाधानका उपायहरु समेत खोजि गरिरहेको वताए । साथै समस्या समाधान गर्ने जिम्मेवारी निकायको पहिचान गरेर उत्तरदाहि गर्न समेत काम भएको अधिकारीले वताए ।


बाजुरामा २०२८ साल बाट प्रमुख जिल्ला अधिकारी बस्ने ब्यबस्था रहेको थियो । पहिलो पटक हिरामान श्रेष्ठले बाजुरामा प्रजिअ भएर आएका थिए । त्यो पाल देखी अहिले सम्म बाजुरामा ४९ जना प्रमुख जिल्ला अधिकारीले बाजुरा जिल्ला चलाइसकेका छन् । धेरै प्रजिअ सदरमुकाम नछोड्ने गरेका छन्, तर अधिकारी भने दुुर्गम गाउँबस्तिमा पुुगेर जनताका समस्या बुझिरहेको स्वामीकार्तिक खापर गाउँपालिका सुचना अधिकारी कुबेर शाहिले वताएका छन् ।


प्रजिअ अधिकारी पुुगेको ठाँउ भौगोलिक बिकटताले निकै टाढा रहेका छन् । यो क्षेत्रमा राज्यका तल्लो तहका कर्मचारी समेत जान मान्दैनन् । केही कामका लागि त्यहाँ जानु पर्ने भएपनि बिच बाटै फर्कने गरेका थिए, स्थानिय बताउने गरेका छन् । गैर सरकारी संस्थाका कर्मचारी समेत जान मान्दैनन् । तै पनि हाम्रो जस्तो विकट ठाँउमा पहिलो पटक सिडिओ साव आएको हामी निकै खुशि भएको स्थानिय धन बिकले वताएका छन् । चुनावको बेला जिल्ला तहको नेता ति गाँउमा पुग्ने भएपनि अरु बेला भने राजनितिक दलका स्थानिय तहका भन्दा अरु कुनै नेता समेत नपुग्ने गरेको स्थानियले वताए ।

चर्चामा

सम्बन्धित समाचार