• होमपेज
  • कला /साहित्य
  • समाजमा दलितको पनि त कदर हुनुपर्छ,

समाजमा दलितको पनि त कदर हुनुपर्छ,

  • शुक्रबार, साउन २२, २०७८
समाजमा दलितको पनि त कदर हुनुपर्छ,

समाजमा दलितको पनि त कदर हुनुपर्छ,
सबै जातहरुमै समानता सकभर हुनुपर्छ।

हाम्रो देश त सयौँ जातिको फुल बारी हो,
अन्याय र अत्याचार गर्नेलाई डर हुनुपर्छ।

संसदमा दलितको मुद्धानै उठ्दैन अचेल,
परिवार भित्र त सबैको एउटा घर हुनुपर्छ।

छाडेर जातिय बिभेद रुढिवादी प्रथालाई,
अब त हाम्रो समावेसी गाउँ सहर हुनुपर्छ।

न लम्बाउ जातिय मुद्धाहरु तारिखमै सदै,
न्याय निसाबनै अबिलम्वन भर्खर हुनुपर्छ।

सेते जस्तै छन जातिय बिभेदका बिरुद्ध मै,
त्यसको पनि दलितहरुभित्र असर हुनुपर्छ।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार