सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • ओलम्पिकमा पदक जित्ने भारतीय खेलाडी मालामाल : कोही एकै दिनमा करोडपति, सरकारी जागिर पनि उपहार

ओलम्पिकमा पदक जित्ने भारतीय खेलाडी मालामाल : कोही एकै दिनमा करोडपति, सरकारी जागिर पनि उपहार

  • शुक्रबार, साउन २२, २०७८
ओलम्पिकमा पदक जित्ने भारतीय खेलाडी मालामाल : कोही एकै दिनमा करोडपति, सरकारी जागिर पनि उपहार

टोकियो ओलम्पिकमा भारतका लागि मेडल जित्ने खेलाडीहरूमाथि पुरस्कारको वर्षा सुरु भएको छ । भारोत्तोलनकी खेलाडी मीराबाई चानूदेखि लिएर पहलवान रवि दहिया एकै दिनमा करोडपति बनेका छन् । ओलम्पिकमा देशको प्रतिनिधित्व गर्ने अन्य खेलाडीहरूलाई पनि पुरस्कारको घोषणा भइरहेका छन् ।

राज्य सरकारदेखि लिएर रेलवे, भारतीय ओलम्पिक सङ्घ र केही व्यवसायीहरूले खेलाडीको प्रदर्शनको प्रशंसा गर्दै उनीहरूलाई रकम पुरस्कार दिने घोषणा गरेका छन् ।

१. रजत पदक विजेता मीराबाई चानू मणिपुरकी एएसपी बनिन्, ३ करोड रुपैयाँ पुरस्कार

टोकियो ओलम्पिकमा भारतका लागि पदकको खाता खोल्ने रजत पदक विजेता चानूलाई मणिपुर सरकारले १ करोड भारतीय रुपैयाँ रकम र एडिसनल सुपरिटेन्डेन्ट अफ पुलिस (एएसपी) बनाएको छ । राज्यका मुख्यमन्त्री वीरेन सिंहले यसको घोषणा गरेका हुन् । उता, रेलमन्त्री अश्विनी वैष्णवले पनि रेलवेको तर्फबाट २ करोड रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । मणिपुर सरकारले ओलम्पिकमा भाग लिने राज्यका हरेक खेलाडीलाई २५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

२. ब्याडमिन्टन खेलाडी पीवी सिन्धुलाई आन्ध्र सरकारले ३० लाख लिने

भारतलाई ब्याडमिन्टनमा काँस्य पदक दिलाउने पीवी सिन्धुलाई आन्ध्र प्रदेश सरकारले ३० लाख रुपैयाँ दिने घोषणा गरेको छ । यसको साथै इन्डियन ओलम्पिक एसोसिएसनले पनि सिन्धुलाई थप २५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । लगातार दुई ओलम्पिकमा मेडल जित्ने सिन्धु पहिलो भारतीय महिला हुन् । सन् २०१६ को रियो ओलम्पिकमा पनि उनले रजत पदक जितेकी थिइन् ।

३. बक्सर लवलिना बोगोहेनको गाउँमा सडक बनाइयो

बक्सिङ खेलाडी लवलिना बोरगोहेनले टोकियो ओलम्पिकमा काँस्य पदक जित्न सफल रहिन् । असमको गोलाघाट निवासी लवलिनालाई असम सरकारले ठूलो पुरस्कार दिएको छ । यो पुरस्कारले उनको गाउँका बासिन्दा पनि खुसी भएका छन् । उनको गाउँको सडक कयौँ वर्षदेखि बिग्रेको थियो । लवलिनाको जितपछि उक्त सडक मर्मत गरिएको छ ।

४. हकीका खेलाडीलाई १ करोडदेखि साढे २ करोडसम्मको पुरस्कार

ओलम्पिको इतिहासमा ४१ वर्षपछि पदक जित्ने भारतीय हकी टोलीका सदस्यहरू पनि करोडपतिको सूचीमा सामेल भएका छन् । पञ्जाब सरकारले टीममा समावेश १० खेलाडीलाई १–१ करोड रुपैयाँ दिने घोषणा गरेको छ । उता मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहनले टीममा समावेश आफ्ना प्रदेशका दुई खेलाडी विवेक सागर र नीलकान्ता शर्मालाई थप १–१ करोड दिने घोषणा गरेका छन् । मणिपुर सरकारले पनि नीलकान्ता शर्मालाई ७५ लाख रुपैयाँ नगद र सरकारी जागिर दिने घोषणा गरेको छ । नीलकान्ता अहिले रलेवेमा टीसीको काम गर्दै आइरहेका छन् ।

हरियाणा सरकारले पनि राज्यका दुई खेलाडीलाई साढे २ करोड रुपैयाँ नगद र खेल विभागमा जागिरका साथै छुटसहित जमिन दिने घोषणा गरेको छ । उता, हिमाचल प्रदेश सरकाले आफ्नो एक खेलाडी वरुण कुमारलाई ७५ लाख रुपैयाँ नगद दिने घोषणा गरेको छ ।

५. पहलवान रवि दहियालाई ४ करोड नगद, क्लास वान सरकारी जागिर

हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरले टोकियो ओलम्पिकमा रजत पदक जित्ने रवि दहियालाई चार करोड रुपैयाँ नगदका साथै क्लास वान सरकारी जागिर र छुटमा जमिन दिने घोषणा गरेका छन् ।

५. महिला हकी खेलाडीलाई घर र कारका लागि सहयोग गर्ने

सूरतका हिरा कारोबारी सावजी ढोलकियाले महिला हकी खेलाडीहरूलाई घर र कारका लागि सहयोग गर्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै हरेक खेलाडीलाई घर किन्न सहयोग गर्न ११ लाख रुपैयाँ र घर भएकाहरूलाई कार किन्न पाँच लाख रुपैयाँ दिने बताएका छन् ।

पदक विजेता, प्रशिक्षक र खेलाडीलाई रलवेले पुरस्कार दिने ​

रेलवेले टोकिलयो ओलम्पिकमा पदक जित्ने खेलाडी र उनीहरूको प्रशिक्षकलाई नगद पुरस्कार दिने घोषणा गरेको छ । रेवलेले स्वर्ण जित्नेलाई ३ करोड, उनको प्रशिक्षकलाई २५ लाख, रजत जित्नेलाई २ करोड र प्रशिक्षकलाई २० लाख र काँस्य जित्ने खेलाडीलाई १ करोड र प्रशिक्षकलाई १५ लाख दिने बताएको छ । त्यस्तै ओलम्पिकमा भाग लिने सबैलाई साढे सात लाख रुपैयाँ दिने बताएको छ ।

भारतीय ओलम्पिक सङ्घले पनि पुरस्कार दिने

उता, भारतीय ओलम्पिक सङ्घले पनि पदक विजेताहरुलाई नगद पुरस्कार घोषणा गरेको छ । सङ्घले स्वर्ण विजेतालाई ७५ लाख, रजत विजेतालाई ४० लाख र काँस्य पदक विजेतालाई २५ लाख दिने बताएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले १५ अगस्तमा लाल किलामा भारतीय ओलम्पिक दलका सदस्यहरूलाई विशेष अतिथिका रूपमा आमन्त्रण गर्नेछन् । सोही दिन पदक विजेताहरूसँग आफ्नो आवासमा छलफल गर्नेछन् ।

दैनिक भास्कार

चर्चामा

सम्बन्धित समाचार