सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • सडक बन्दका कारण अक्सीजन पलान्ट ढुवानीमा समस्या

सडक बन्दका कारण अक्सीजन पलान्ट ढुवानीमा समस्या

  • बुधबार, साउन २०, २०७८
सडक बन्दका कारण अक्सीजन पलान्ट ढुवानीमा समस्या

पदमबहादुर सिंह/बाजुरा १९ साउन — बर्षाको पानीले गर्दा सडक अबरोध हुदा अक्सीजन पलान्ट ढुवानीमा समस्या भएको छ । तेस्रो भेरिएन्ट सहितको कोभिड १९ नेपालमा भित्रीएसंग सबै जिल्ला अस्पतालहरुमा अक्सीजन पलान्ट स्थापनाको लागि संघ प्रदेश सरकारले रकम बिनियोजन गरी समयमै जडान गर्ने निर्देशन गरेको थियो । त्यसै अनुुसार बाजुरा जिल्लामा पनि अक्सीजन पलानन्ट स्थापनको लागि टेन्टर खोलेर सबै प्रकृया अगाडी बढाई काम थालिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीले बताए ।
तीन ओटा सप्लायर्सको टेन्डर फाईलमा हेल्थ कियर सप्लार्यसले काम गर्ने गरी समझौता भएको छ । साउन २५ गतेसम्म खरिद गरेर साउन मसान्त भित्र अक्सीजन पलान्ट जडान गरीसक्ने गरी समझौता भएको डाक्डर जोशीले बताए । अक्सीजन पलान्ट खरिद गरीसकेको २५ गते भित्र प्रदेश मन्त्रालय धनगढीमा आईपुुग्ने र त्यस पछि बाजुरा कसरी ढुवानी गर्ने भन्नेमा बिकल्प खोजी रहेको जोशीले बताए ।
लगातारको बर्षाका कारण असार १ गते देखी साफे मार्तडी सडक खण्ड बन्द हुुदा अक्सीजन पलान्ट ढुवानमा समस्य भएको जोशीले बताए । बिकल्प खोजी गरीरहेका छौ । हेलिकप्टरबाट ढुवानी गर्नेकी भन्ने सल्लाह पनि हुदैछ उनले भने ।
बाजुरा जिल्लामा १ दिनमा ३५ देखी ४० सिलिन्डर अक्सीजन उत्पादनसंगै पाईपलाईन सहित जाडान हुने डाक्टर जोशीले बताए ।
जिल्ला अस्पतालमा अक्सीजन पलान्ट स्थापनको लागि भवन तयारी अवस्थामा रहेको छ । डेन्डर कम्पनीले खरिदको प्रकृया अगाडी बढाएको सडक बन्दका कारण ढुवानीमा समस्य भएको जिल्ला अस्पताल बाजुराका अध्यक्ष भरत थापाले बताए ।
जिल्ला अस्पताल बाजुरामा अक्सीजन पलान्ट स्थापनको लागि शुुदुरपश्चि प्रदेश सरकारले ८० लाख र सघ सरकारले ७५ लाख रकम दिने घोषण गरेको थियो ।
हेल्थ कियर सप्लार्यस कम्पनीले १ करोड ९ लाखमा जडान गर्ने गरी सम्झौता भएको जिल्ला अस्पताल बाजुराले बताएको छ । नेपाल सरबारले भदौ मसान्तसम्म सबै जिल्लामा अक्सीजन पलान्ट स्थापना गरीसक्ने निर्देशन दिएको छ । बाजुरा जिल्लामा साउन मसान्तसम्म जडान गरी सक्ने गरी सम्झौता भएको छ । बाटो बन्दका कारण पलान्ट जडानमा समस्या भएको छ । बैकल्पीक उपायको खोजीमा लागेको जिल्ला अस्पताल बाजुराले बताएको छ । समझौता मिति भित्रै जडान गरी सक्ने जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीले बताए ।

चर्चामा

सम्बन्धित समाचार