• होमपेज
  • कला /साहित्य
  • यिनी नेताहरुले जानि नजानी देश सङ्कटमा लगे,

यिनी नेताहरुले जानि नजानी देश सङ्कटमा लगे,

  • सोमवार, साउन १८, २०७८
यिनी नेताहरुले जानि नजानी देश सङ्कटमा लगे,

यिनी नेताहरुले जानि नजानी देश सङ्कटमा लगे,
जनताले भनेको मान्दै नमानि देश सङ्कटमा लगे।

यो कस्तो बिडम्बना भयो हाम्रो देशको भनौं जनता
गणतन्त्र भित्रआफै साशक ठानी देश सङ्टमा लगे।

कैले संघियता कहिले बिप्पा र कहिले एम सीसी हेर,
सधै भयो हाम्रो अनौठो कहानी देश सङ्कटमा लगे।

हो सबै पार्टीमा नेताले आफ्ना आसे पासे जुटाउँछन,
लान्छन नजिक चम्मा छानि छानी देश सङ्टमा लगे।

कुन कम्युनिष्ट कुन कांग्रेसहो अब त सरोबरी देखिन्छ,
सुधार्नै सकेनन उन्ले आनि बानी देश सङ्कटमा लगे।

राणा राजा फालेर पनि जस्ताको तस्तैछ जनता लाई,
आउँछन उस्तै दुरुस्तै राजा रानी देश संङ्कटमा लगे।

देशमा उद्दोग धन्दा कसैले पनि खोल्न सकिनन देख्यौँ,
बेच्न छाडेनन जवानी नदीको पानी देश संकटमा लगे।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार