मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • खराब बानिलाई छोड्न सक्किन्छ!

खराब बानिलाई छोड्न सक्किन्छ!

  • शनिबार, साउन १६, २०७८
खराब बानिलाई छोड्न सक्किन्छ!

सुरेशकुमार पान्डे — मानिशले जन्मिदा केहि सिकेर जन्मिदैनन्।जव जन्मिन्छन ताते सर्छन अनि एक डेड् बर्षको हुँदा सुस्त-सुस्त उभिने र हिड्ने गर्छन।बिस्तारै समाजलाई हेर्ने बुझ्ने प्रयात्न गर्छन।
कुनैपनि मान्छेले गर्भमै सिकेर अहिले सम्म आएको देखिदैन।धर्तिमा आएपछि उस्ले राम्रो नराम्रो बिचार सिक्दै जान्छ।हो पाँच बर्ष सम्म बच्चा आमालाई मात्रै पढि पच्छाउँछ,करिब पन्द्र बर्ष सम्म आमा बाको प्रभावमा हुन्छ।तर त्यसपछिको अबस्था सामाजिक उथल पुथल सँग भिजेको हुन्छ।त्यसपछिको अबस्था त्यँहाको सामाजिक परिवेश अनुसारको उस्लाई सकारत्मक र नकारत्मक दुबै प्रकारको प्रभाव पर्न थाल्छ।त्यसकारणले पनि भौतिकवादी सिधान्त सतप्रतिसत ठिकछ भनेर मान्नुपर्छ।किन भने नवजात सिशुबाटनै मानिशले बस्तुलाई देखेर शिक्षा लिंदै आएको हुन्छ।
जन्मिने बेला उस्को मनसपटल रित्तो सिलेट जस्तै हुन्छ।खालि चिपलाई बिस्तारै भरिंदै लगिन्छ।करिब पाँच बर्ष समँमको बच्चालाई हप्काउँनु पिट्नु हुँदैन पाँच बाट दश बर्षको बिचमा बच्चाहरुलाई सम्झाउँँने चेताउँने हप्पाकाउँने परिस्थिति अनुसार गर्नुपर्छ।दश बाट पन्द्र बर्षको किसोरलाई गलतिगरे झिना मसिना सजाए पनि दिनुपर्छ त्यस पछि त्यो आमा बाको भन्दा उस्लाई समाजको प्रभाव पर्ने भयकोले बिस्तारै किसोर बालिग अबस्थाको संघारमा पुगेको हुन्छ।यो बेला उस्लाई संगतको बढि प्रभाव पर्छ।त्यसैले जुन सुकै बिचारलाई पनि उस्ले छिट्टै सिक्दछ।वास्तबिक सिक्ने उमेरपनि यहिहो।यो बेला साररिक मानसिक रुपमा बच्चाले थुप्रै कुराहरु सिक्न सक्छ।साररिक रुपमा पनि सरिरलाई लचिलो बनाउँने र झिना मसिना दुःख दर्द सहन गर्न सक्ने अबस्था यहिहो।मानसिक रुपमा पनि यो बेला बढि ज्ञानका बिषय बस्तुहरुलाई क्याच गर्न सक्ने पनि यहि अबस्थाहो।मानिसले यो अबस्थामा थुप्रो कला प्रतिभाको बिकाश गर्दै जान्छ।युवा अबस्था मानिसको लागि सबैभन्दा राम्रो अबस्थापनि हो।
हाम्रो देशका अधिकांस जनताहरुले गर्भै देखुन ध्रुमपान मदिरापान आदि गर्दै आएका हुँन्छन।गर्भमा आमाले गरेको ध्रुमपान मदिरा पान आदीको असर नवजात शिशुलाई पनि परेकै हुन्छ।त्यसैले हामिले आमाको पेटमा कयौँ नराम्रा बानिहरुको सिकार भएका पनि हुन्छौँ।तर राम्रा बिचार भने हामिलाई धर्तिमा आएपछिनै सिक्नलाई मिल्छ।
आज भन्दा पचास बर्ष पहिले पहाडि भेगमा बसोबाश गर्नेहरु परायजसो सबैले ध्रुमपान गर्ने गर्थे।प्रत्यकका खोल्टिमा सुल्फा उलेनी(छट्के) र झुलो एउटा बास्शा बनाएर राख्ने चलन थियो।घरमा काँचोपात (तमाखु)को खेति गर्ने गर्थे।जुवा ताश खेल्न शान सम्झिने गर्थे।दंशै तिहारको बेला पासा कौडा तास आदि खेल्ने चल्ति चलन थियो।दंशै तिहारमा त जुवा खेल्नुलाई कसैले पनि नराम्रो मान्दैनथ्यो।त्यस्तो हाम्रो समाजमा हुर्केका हामिहरुलाई बिरासतमा मिलेको लत छोड्न कयौँ समय खर्च गर्नु पय्रो।कयौंले त लागेको बानि छोड्न सकिदैन भनेर त्यसैमा लिन हुनेगर्थे।घर समाजमा जुवा तासको बानि यतिधेरै थियो स्कुल जाने बिध्यार्थिहरु दिनभरी स्कुल नगयर बनमा बसेर तास खोपी खेल्ने गर्थे।स्कुलमा पहिलो दोस्रो क्लासमा पढ्ने तन्नेरी केटाहरु घरबाट स्कुल आउँदा मादल लिएर आउँथे त्यसलाई बाटामा कतै लुकाएर स्कुल जाने छुट्टि भयोभने अर्को गाउँमा गएर झाम्रे(रोदी)बस्ने त्यस्तो छाडा समाजमा हुर्केका हामिहरुको गलत बानि लागेको नहोला भन्न सकिदैन।तर हामिले त्यो गलत बानि ब्याहोरालाई बिस्तारै छाड्ने प्रयास गर्यो।कतिपयमा कामियाब कयौं भए हौउँला कतिपय भएनन होला।
तर मैले केभन्छु भने मानिशले चाए पछि जस्तै खराब लत लागेपनि छाड्न सक्छ।आफुले नचाहाँदा सम्म अरुले जति सुकै दवाब दिए पनि छोड्दैनन यो कुरा भने सत्यहो।
चुरट बिंढि सिक्रेट रक्सि आदि भन्दापनि नयाँ प्रकारका गलत बानि परेका हिरोईन,गाँजा,भाङ धतुरा यिसबै बानि परेका नसेडिहरु पनि समाजमाछन।उनिहरुले त्यस्ता लतहरु पनि छाडेर राम्रो बिचारलाई अप्नाएका हुन्छन।
हामिले प्रवाशमा आफुमा रएका गलत बानिहरु लाई संगठनमा लागेपछि क्रमसै छाड्दै गयौँ।पहिले पहिले सम्मेलन गर्ने होलमा बिडि सिक्रेट खुबै पिन्थे धुँवा भरिएको हुन्थ्यो,कयौंले रक्सि पिएर पनि सम्मेलन हेर्न जान्थे।तर पछिका दिनहरुमा तयस्ता बानि ब्यहोराहरु छोड्दै गए।हामिले राम्रो बाटो छोप्दैनौं भने हामि गलत बाटोमानै हुन्छौं।
गलत कामलाई कसैले एकपल्ट देख्योभने गर्नसक्छ तर राम्रो कामको लागि धेरै मिहेनत गर्नुपर्छ।अनुसाशनमा रहन दिनौदिन सचेत हुनैपर्छ।थोरै पनि लाप्रबाहीले देशलाई कंहा पुराउनसक्छ?त्यसबारेमा अध्यायन गरेर मात्रै अगाडि बढ्नुपर्छ।लेखकको उदेश्य केहो भने हामिमा रहेको खराब लतले देश जनताको लागि र स्वायम आफ्नै लागि पनि संकट पैदागर्न सक्छ।त्यसकारण हामिले त्यो गलत बानि ब्यहोरालाई छाड्न सक्नुपर्छ।कोसिशनै नगरे त केसिपलाग्यो तर अहिले मलाई लाग्छ प्रयात्न गर्नेछन।यदि मनले कुनैपनि लत लाई छाड्ने प्रयास गरिन्छ भने अबस्यपनि जित्न सकिन्छ।आफुलाई खराब लतको आदि संम्झेर त्यसैको दाश नबनौ।कुनैपनि गलत बानिलाई छोडेर जानसक्किन्छ कि नाई,?भन्ने सवालमा मेरो उत्तर सकिन्छ भन्नेनै हो।

चर्चामा

सम्बन्धित समाचार