शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • शिक्षा
  • बझाङमा विद्यालय कर्मचारी र बाल शिक्षा सहजकर्ता दिए तलब वृद्धिको माग गर्दै गाउँपालिका भवन अगाडि ३ घण्टा धर्ना

बझाङमा विद्यालय कर्मचारी र बाल शिक्षा सहजकर्ता दिए तलब वृद्धिको माग गर्दै गाउँपालिका भवन अगाडि ३ घण्टा धर्ना

  • शनिबार, साउन १६, २०७८
बझाङमा विद्यालय कर्मचारी र बाल शिक्षा सहजकर्ता दिए तलब वृद्धिको माग गर्दै गाउँपालिका भवन अगाडि ३ घण्टा धर्ना

शिवजी मण्डेल, बझाङ —विद्यालय कर्माचारी र बाल शिक्षा सहजकर्ताले शुक्रबार थलारा गाउँपालिकामा ३ घण्टा धर्ना दिएका छन् ।
नेपाल सरकारले गत बजेट भाषणमा न्युनतम तलब १५ हजार दिने घोषणा गरेपनि गाउँपालिकाले उक्त निर्णय कार्यनयन नगरेको भन्दै शुक्रबार विद्यालय कर्माचार्य र बाल शिक्षा सहजकर्ताहरूले थलारा गाउँपालिकाको भवन अगाडि ३ घण्टा धर्ना दिएका हुन् ।
आफूहरूको आन्दोलन जारी रहेको र माग पूरा गराउन शुक्रबार धर्ना दिएको विद्यालय कर्मचारी संगठनका अध्यक्ष चन्द्रदेव जोशीले बताए ।
जोशीका अनुसार थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले कर्मचारी माग सम्बोधन गर्न आफू सकारात्मक भएको बताउनु भएको थियो नेपाल सरकारले न्युनतम १५ हजार तलब घोषणा गरेपछि बझाङका केही स्थानीय तहहरूले उक्त निर्णय कार्यनयन गरेपनि थलारा गाउँपालिकाले सम्बोधन नगरेको आन्दोलन रथ कर्मचारीको भनाइ रहेको थियो । थलारा गाउँपालिका भरि करिब ८० जना बाल शिक्षा सहजकर्ता र बाल शिक्षा कर्मचारी रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार