शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा कोरोना भाइरस नियन्त्रण

बाजुरामा कोरोना भाइरस नियन्त्रण

८ सय ५५ सक्रमित मध्ये ८ सय ४० निको भएर ५ संक्रमित १० जनाको मृत्य

  • बिहिबार, साउन १४, २०७८
बाजुरामा कोरोना भाइरस नियन्त्रण

बाजुरा — बाजुरा जिल्लामा कोभिड १९ नियन्त्रणमा आएको छ । स्वास्थ्य सस्थाहरु यहाका स्थानीय तहहरुको अथक प्रयासका कारण असार देखी नियन्त्रणमा आएको हो । बैशाख महिना यता ८ सय ५५ जना संक्रमित मध्ये ८ सय ४० जना निको भएर घर गएका छन । हाल बाजुरामा ५ जना कोरोना संक्रमित एक्टिभ रहेका छन् । सबैको अबस्था सामान्य रहेकोले सबै होम आईसोलेसनमा रहेका छन । भने १० जनाको मृत्यू भएको स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी महेश चन्दले बताएका छन् ।
दोस्रो भेरिएन्ट सहितको कोभिड १९ संक्रमण हुन थालेपछि बाजुरामा बैशाख २२ गतेबाट निषेधाज्ञा गरिएको थियो । बैशाख देखी निरन्तर निषेधाज्ञा जारी गरिएकोमा कोरोना संक्रमण कम हुदै गएपछि असार दोस्रो साताबाट निषेधाज्ञा खुुकुुलो पारिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । निषेधाज्ञा खुुकुुलो भएसंगै बाजुुरालीको जनजीबन सहज बन्दै गएको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताएका छन ।
बिरामी कम हुदै गएपछि परिक्षणको दायरा समेत कम भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी महेश चन्दको भनाई रहेको छ । सुरु सुरुमा कोरोना भाईरससंग मिल्दो जुल्दो लक्षण भएका बिरामीहरु बढी आउने भएकोले बढी परिक्षण गरियो बिस्तारै बिरामीहरु कम हुदै गएपछि परिक्षण पनि कम हुदै गएको चन्दले भने ।
स्वास्थ्य कार्यालय बाजुुरा, जिल्ला अस्पतालमा र अन्य पालिकाहरुमा एन्टिजेन किट प्रसस्त छ तर कोभिड १९ संग सम्बन्धीत लक्षणका बिरामी नहुने भएका कारण परिक्षण कम भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ । सम्भाबित लक्षण भएका बिरामीहरुलाई अहिले पनी परिक्षण गरिन्छ । त्यस्ता लक्षण भएका बिरामीहरु नआउने गरेको सुचना अधिकारी चन्दले बताए ।
जिल्लामा कोरोना संक्रमण दर कम भए संगै स्वास्थ्य सुरक्षा मापदण्डको समेत बेवास्था हुन थालेको छ । नियम बिपरित सभा सम्मेलन तालिम गोष्टि हुन थालेका छन । देशका अन्य जिल्लाहरुमा तेस्रो भरिएन्ट देखा परिरहेको र स्वास्थ्य मापदण्डलाई बेवास्था गरेमा बाजुरा पनि संक्रमणको उच्च जोखीममा रहेको स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले बताए । निषेधाज्ञा खुुकुुलो पारिएको छ । जिल्ला बाहिरीने र भित्रिनेको तथ्याङ्क राख्ने गरेको छैन । त्यसो हुदा झन जोखिममा रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार