मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कुनै मान्छेलाई होईन रुढिवादी संस्कार फाल्नुपर्छ।

कुनै मान्छेलाई होईन रुढिवादी संस्कार फाल्नुपर्छ।

  • बिहिबार, साउन १४, २०७८
कुनै मान्छेलाई होईन रुढिवादी संस्कार फाल्नुपर्छ।

कुनै मान्छेलाई होईन रुढिवादी संस्कार फाल्नुपर्छ।
जात जातिको बिचमा फुट पार्ने आधार फाल्नुपर्छ।

समाजभित्र आजपनि यो छुवाछुतको प्रचलन हुँदा,
सामाजिक कुरिति युक्त रहेको ब्यबहार फाल्नुपर्छ।

राणा फाल्यौं राजा फाल्यौं ब्यबस्था त उस्तैछ फेरी,
अबको पालो मिली जुली त्यो कार्यभार फाल्नुपर्छ।

हिमाल पहाड तराईमा कुनै पनि छैनन् पराई आज,
देश भक्तको आन्दोलनले अब त गद्धार फाल्नुपर्छ।

देशलाई गृहकलमा ढेकल्ने बिदेशीको चाल हो यो,
अब त हामि सबै मिलेर समस्याको घार फाल्नुपर्छ।

राणा राजा गए जन हुँकारले छन उन्का बन्धु भाई,
हाम्रै बिचमा बिधमान उन्का तिनै ओजार फाल्नुछ।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार